Home » » स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘इन्द्रावति’को प्रोमो बाहिरीयो

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘इन्द्रावति’को प्रोमो बाहिरीयो


दिवंगत भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको अन्तिम फिल्म ‘इन्द्रवति’को अफिसियल प्रोमो सार्वजनिक भएको छ । ‘इन्द्रावति’ फिल्मको नाम टेलिचलचित्र ‘इन्द्रावति’ बाट लिईएको बताईएको छ । चैत ५ गते फिल्म ‘इन्द्रावति’ लाई दर्शक माझ प्रस्तुत गरीने निर्माण टोलीको टार्गेट रहेको छ ।
‘इन्द्रवति’मा पुराना कलाकार बिपना थापा र श्रीकृष्ण श्रेष्ठको मुख्य भुमिकामा अभिनय रहेको छ । उपदिप फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘इन्द्रावति’को निर्माण टोली अहिले फिल्मको प्रोमो सार्वजनिक गरे लगत्तै प्रदर्शनको तयारीमा लागि परेका छन् । फिल्मलाई बद्रि अधिकारीले निर्देशन गरेका छन् । तेस्तै सम्भुजित बास्कोटाको संगीत रहेको छ । ‘इन्द्रवति’ फिल्मको कथाबस्तु फिल्मका निर्देशक अधिकारीकै रहेको छ । ‘इन्द्रावति’मा पुराना कलाकारहरु श्रीकृष्ण श्रेष्ठ र विपना थापाका साथै विष्णु भक्त फँुयाल,उपेन्द्र तिमल्सीना, देशभतm खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved