२१ फागुन, कलैया । सहारा क्लब पोखरालाई टाईब्रेकरमा पराजित गर्दै वीरगन्ज युनाइटेड क्लब सातौं सिमरा गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शुक्रबार भएको खेलमा सहारालाई टाइब्रेकरमा ५-४ ले स्तब्ध पार्दै वीरगन्जले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १-१ को बराबरी खेलेका दुबै टिमले अतिरिक्त ३० मिनेटमा पनि गोल गर्न नसकेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।
टाईब्रेकरमा वीरगन्जका मनिष घले, सुमिन मैनाली, सन्जोग राई, बिकास राई र कर्ण लिम्बुले गरे । सहाराका सुसन गुरुङ, पाल्साङ लामा, कप्तान उत्तम गुरुङ, गोलरक्षक सुजित गुरुङले मात्र बललाई जाली चुमाए ।
सहाराका कृष्ण शाक्यले प्रहार गरेको बल म्यान अफ दि म्याच घोषित वीरगन्जका गोलरक्षक किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।
यसअघि खेलको १३ औं मिनेटमा सहाराले खेलमा अग्रता लिएको थियो । कृष्णा शाक्यको क्रस बललाई सदुपयोग गर्दै सहाराका चतुर्धन चौधरीले टिमलाई अग्रता दिलाएका थिए । उत्कृष्ट तालमेलमा देखिएपनि अवसरको सदुपयोग गर्न नसकेको वीरगञ्जविरुद्ध सहाराको अग्रता पहिलो हाफमा कायमै रहयो । वीरगञ्जका अधिकांश प्रयास सहाराले असफल तुल्याएको थियो ।
दोस्रो हाफमा पनि उत्कृष्ट लयमा देखिएको वीरगन्जले खेलको ७६ औ मिनेटमा बराबरी गोल फर्कायो । सहाराका बिदेशी खेलाडी लवलले वीरगन्जका सानुका लिम्बुलाई लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै वीरगञ्जले बराबरी गोल फर्काएको हो ।
वीरगञ्जका कप्तान प्रवेश कटुवालले प्रहार गरेको फ्रिकिक बललाई कर्ण लिम्बुले जाली चुमाएका थिए । वीरगन्ज खेलमा फर्किएलगत्तै दोस्रो हाफ निकै रोमाञ्चक बन्न पुगेको थियो ।
घरेलु दर्शकको समर्थन पाएको वीरगञ्जले दोस्रो हाफमा थुप्रै अवसर खेर फाल्दा सहाराले गोल गर्ने केही अवसर गुमाउन पुगेको थियो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
वीरगञ्जले अब फाइलन प्रवेशका लागि बिहीबार मनाङ मस्र्याङदी क्लबसँग खेल्नेछ ।
अनलाइनखबरबाट
वीरगञ्जसँग सहारा पराजित
Posted by Unknown
Posted on 7:04 AM
with No comments
Related News you might like to see :
Labels:
sports
0 comments:
Post a Comment