काठमाडौं, फागुन २१ - कुनै बेलाका सुपरहिट हिरो भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ड्रिम्सले शुक्रबार पहिलो दिन राम्रो ब्यापार गरेको छ । ड्रिम्स प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार काठमाडौं उपत्यकासहित देशभरका सबैजसो हल भरिएका थिए ।
युवा पुस्तामाझ सार्वधिक हिट नायक अनमोललाई यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्ध्या केसीले साथ दिएका छन् । सुपर काजोल फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा युवा पुस्ताको प्रेम कथालाई मुख्य विषय वस्तु बनाइएको छ । अनमोलका पिता भुवन केसीलाई यो चलचित्रको निर्देशनमा दिवाकर भट्टराईले सघाएका छन् । चलचित्रको पटकथा एवम् संवाद सामिप्यराज तिमल्सिनाको रहेको छ भने छायाँकार पुरुषोत्तम प्रधान हुन् ।
यो चलचित्रको निर्माता निर्देशक भुवन केसीका साथै, डाक्टर कपिल रिजाल, भानु फुयाँल र सत्यनारायण केयल हुन् भने राज प्रधान र कृष्ण पाण्डे सह निर्माता हुन् ।ujyaaloonline बाट
Home »
Entertainment
» भुवन केसीले निर्देशन गरेको ड्रिम्स पहिलो दिन धेरै ठाउँमा हाउसफुल
भुवन केसीले निर्देशन गरेको ड्रिम्स पहिलो दिन धेरै ठाउँमा हाउसफुल
Posted by Unknown
Posted on 7:09 AM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment