Home » » महानगरभित्र अब कुकुर दर्ता अनिवार्य

महानगरभित्र अब कुकुर दर्ता अनिवार्य


काठमाडौं – महानगरपालिकाले महानगरभित्र घरपालुवा कुकुरको दर्ता अभिवार्य गर्ने भएको छ । रहरले पाल्ने र घाँडो भएपछि वा रोग लागेपछि सडकमा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न दर्ता अनिवार्य गर्न लागिएको हो । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘अधिकांश नेपालीले कुकुर पाल्ने तरिका नबुझीकनै पाल्ने गरेका छन् । खानपिन, तिनको रोग र मनोविज्ञान नबुझ्नेहरुले समय बित्दै जाँदा घाँडो हुने गरेको पाइएको छ ।’ महानगरभित्र रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्न महानगरपालिकासँग ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटको सम्झौता भएको  छ ।
Ratopati बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved