Home » » कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतपत्र धेरै भएपछि ढिलाइ

कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतपत्र धेरै भएपछि ढिलाइ


काठमाडौं, २३ फागुन । कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिषदमा बिहान करिब सवा ९ बजेदेखि मतदान सुरु भएको हो ।
मतदान बेलुका ४ बजेसम्म चल्नेछ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका छन् । धेरै उम्मेदवार र मत पत्र लामो तथा धेरै भएकाले मतदान प्रक्रियामा ढिलाइ भएको मतदाताहरुले गुनासो गरेका छन् ।
निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला गरेर कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान भएको हो ।
सभापतिमा तीन समूह मैदानमा छन् । संस्थापनबाट रामचन्द्र पौडेल नेतृत्वको समूह रहेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले पनि आआफ्ना समूह बनाइ प्रतिस्पर्धामा उत्रिएका छन् । दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved