Home » » प्ले–ब्वाइका लागि फोटो खिचाउँदा...

प्ले–ब्वाइका लागि फोटो खिचाउँदा...


अल्बानियाको फायर टिभीकी ‘न्युड’ न्युज रिडरले ‘प्लेब्वाइ’ म्यागजिनका लागि फोटोसुट गराएपछि जागिरबाट हात धुनु परेको छ । टपलेस न्यूज रिडर एंकी ब्राकाजले प्लेब्वाइका लागि पोज दिएपछि टेलिभिजनका मालिक स्मेत दृष्टिले उनलाई जागिरबाट निष्कासन गरेका हुन् ।
२१ वर्षीया ती युवतीको अनौठो काम देखेपछि विश्व चर्चित ग्ल्यामर म्यागजिन प्लेब्वाइले उनको फोटोसुट गरेको थियो । प्ले ब्वाइको प्रस्ताव स्वीकार गर्दै फोटोसुट गराएपछि ब्राकाजलाई टेलिभिजनबाट हटाइएको हो । पब्लिक रिलेसन विषय अध्ययन गरेकी ब्राकाज सामाजिक सन्जालहरूमा निकै लोकप्रिय छिन् । ब्लाउज खोलेर समाचार पढ्ने शैलीकै कारण उनी लोकप्रिय भएकी थिइन् । ब्राकाज भने आफूले टेलिभिजनमा अडिसन पास भएदेखि नै विश्वभरिबाट अत्यधिक रूपमा प्रस्ताव आएको बताएकी छिन् ।
आफूमा चर्चित बन्ने चाहना नभए पनि छिटै लोकप्रिय भएको उनको भनाइ छ । ब्राकाजको निष्कासनलगत्तै टेलिभिजनका स्टेसन प्रमुख स्मेत दृष्टिले अर्की युवती ग्रेटा होक्सालाई न्युज रिडरको जिम्मा दिइसकेका छन् । ६० प्रतिशत मुस्लिम समुदाय भएको अल्बानियामा नग्नतालाई राम्रो मानिँदैन । अल्बानियाको राजधानी तिरानामा फायर टेलिभिजनले अनौठो शैलीमा समाचार पढाउँदै आएको छ ।
Kantipur SAPTAHIK बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved