Home » » १० हजारमा लाइसेन्सको ट्रायल !

१० हजारमा लाइसेन्सको ट्रायल !


२० फागुन, काठमाडौं । १० हजार रुपैयाँमा भाडाका व्यक्ति प्रयोग गरी सवारीचालक अनुमति पत्र-लाइसेन्स)को ट्रायल परीक्षा दिने गरेको खुलेको छ ।
लामो समयदेखि अरुको परीक्षा पास दिने एक युवक बुधबार पक्राउ परेका छन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
मीनभवनस्थित मोटरसाइकल ट्रायल सेन्टरबाट कालिकोट गैंला घर भई भक्तपुर बस्ने २६ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरी पक्राउ गरेको हो । झापा घर भएका साजनकुमार राईको उनले ट्रायल दिन खोजेका थिए ।
प्रवेशपत्रको तस्विर नमिलेपछि उनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले अनुसन्धान गर्दा १० हजार रुपैयाँ लिएर राईको ट्रायल परीक्षा दिन आएको खुलेको हो । यसअघि पनि पाँच जनाको परीक्षा आफूले पास गरिदिएको शाहीले बयान दिएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved