Home » » चीनमा जन्मियो दुइ टाउको भएको बाच्छो

चीनमा जन्मियो दुइ टाउको भएको बाच्छो


चीनमा हालै दुइवटा टाउको भएको एउटा बाच्छो जन्मिएको छ । चीनको लिन्सुइ काउन्टीको स्याजिन गाउँमा एक गाइले दुइमुखे बाच्छो जन्माएको हो ।
गान युआन्हुआले पालेको गाइले यस्तो विचित्रको बाच्छो जन्माएको हो । आफ्नो गाइ ब्याउँदा जोडसँग कराएको र पछि हेर्दा उसले दुइ टाउका भएको अचम्मको बाच्छो जन्माएको गानले बताएका छन् ।
यो गाइ यसअघि तिन बेत ब्याइसकेको थियो । चौथो बेतमा गाइले यस्तो अनौठो बाच्छो पाएको हो । यसअघिका बेतमा जन्मिएका सबै बाच्छा बाच्छी सामान्य थिए ।
गाइले दुइवटा टाउको भएको बच्चा जन्माउनु निकै दुर्लभ घटना हो । लाखौँ जन्ममा एक मात्र त्यस्तो हुन्छ । यस्ता शारीरिक विकृती भएका बाच्छा बाच्छी छिटै मर्ने गरेपनि अहिलेसम्म यो बाच्छो ज्यूँदै छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved