Home » » नेपालले चाहेजति ग्यास दिने चीनको प्रस्ताव

नेपालले चाहेजति ग्यास दिने चीनको प्रस्ताव


२० फागुन, काठमाडौं । चीनले नेपाललाई खाना पकाउने ग्यास दिने भएको छ ।
चीननको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले ग्यास दिने प्रस्ताव सरकारसमक्ष गरेपछि छलफलका लागि दुई सदस्यीय नेपाली टोली चीन पुगेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
स्रोतका अनुसार आपूर्ति मन्त्रालयका महासचिव उत्तम नागिला र आयल निगमका निर्देशक वीरेन्द्र गोइत सोमबार चीन गएका हुन् । ‘चीनले १५ दिनअघि नै नेपालको आवश्यकता अनुसार ग्यास दिने गरी प्रस्ताव गरेको थियो । ‘स्रोतले भन्यो, सिएनपिसीका प्रतिनिधिनै नेपाल आएर प्रस्ताव गरेका थिए । तर ढिला गरि दुई सदस्यीय नेपाली टोली चीन गएको हो ।
सरकारी स्वामित्वको सिएनपिसी मातहतको पेट्रो चाइनाले ग्यास कारोबार गर्न बेग्लै कम्पनी खडा गरेको छ । सोही कम्पनीले नेपाललाई मागे जति ग्यास सिदने प्रस्ताव गरेको हो । चीनले नेपालकै उद्योगसम्म ग्यास ल्याइदिने प्रस्ताव गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको स्रोतले बतायो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved