Home » » हत्याको बदला १० वर्षीया बहिनीको बिहे !

हत्याको बदला १० वर्षीया बहिनीको बिहे !


काठमाडौं । पाकिस्तानको पन्जाबमा एक पञ्चायतले हत्याका अभियुक्तलाई आफ्नो १० वर्षे नाबालिग बहिनीको विवाह पीडितको एक आफन्तसँग गराउन आदेश दिएको छ ।
पाकिस्तानमा पारिवारिक विवाद समाधानका लागि सम्झौताका रुपमा यस्तो विवाह हुने गरेको छ । यसलाई ‘वानी’ भनिन्छ । यद्यपि यो गैरकानुनी हो ।
पञ्जाबको रहीमयार खान जिल्लाको एक व्यक्तिमाथि पत्नीको हत्या गरेको आरोप लाग्यो र, प्रहरीले गिरफ्तार गर्यो । त्यसपछि गाउँमा पञ्चायत बस्यो । जसले अभियुक्तलाई आफ्नो १० वर्षकी बहिनीको बिहे पत्नीको १० वर्षका आफन्तसँग गराउन आदेश दिएको छ ।
बीबीसीका अनुसार पञ्जाब पुलिसले बिहे रोकेको छ र यो घटनामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २० जनाको खोजी भइरहेको छ । यो दुबै परिवार हिन्दु भएको बताइको छ ।
पाकिस्तानी कानून अनुसार जसको हत्या हुन्छ, उसको आफन्तले सम्झौता वा पैसा लिएर हत्यालाई माफ गर्न सक्छन् ।
साथै पाकिस्तानमा महिलाको विवाहको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्याउने एक विधेयक जनवरीमा संसदमा पेश समेत भएको थियो । तर, इस्लामी विचार परिषदले गैर इस्लाम भनेपछि यो विधेयक फिर्ता लिइएको छ ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved