फागुन २२
काठमाडौ : नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा शेरबहादुर देउवासित मात्र प्रतिस्पर्धा हुने भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन्। महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएपछि पौडेलले कार्यवाहक सभापतिका रुपमा पार्टीका जिम्मेवारी पूरा गरेको भन्दै अब चुनावी तयारीमा होमिएको बताए।
उनले संविधानसभाको दोस्रो चुनावमा जनतामा रहे जस्तै उत्साह महाधिवेशनका प्रतिनिधिहरुमा देखिएको भन्दै अब चुनाव कसैले हराउन नसक्ने बताए।
कारण १ : विजयपछिको स्वागत जस्तो
'मलाई ७० सालको चुनामा गाउँ- गाउँ घुमेर फर्किएपछि मेरा अंगरक्षक प्रहरी इन्सपेक्टरले भनेको सम्झना भइरहेको छ कि तपाइँको चुनाव प्रचार त विजयपछिको स्वागत जस्तै देखिएको छ भनेर' पौडेलले भने, 'अहिले पनि देशभरबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले भेटघटमा त्यसरी नैं स्वागत गरिरहनुभएको छ त्यसैले म उत्साहित छु।'
कारण २ : पार्टी कसले बचाउन सक्छ प्रतिनिधिहरुलाई थाहा छ
पौडेलले आफ्नो विजय निश्चित हुनुको अर्को कारण यसरी खुलाए- महाधिवेशन प्रतिनिधिलाई कसले पार्टी बचाउन सक्छ भन्ने पनि राम्ररी थाहा छ।
कारण ३ : पार्टी र कार्यकर्ताको भविष्य हेरेर मतदान हुनेछ
'महाधिवेशन प्रतिनिधिहरुलाई यो घडीमा म अनुरोध पनि गर्न चाहन्छु कि तपाइहरु आफ्नो विवेक प्रयोग गर्नुहोस' उनले भने, 'बाहिर हुने हल्ला भन्दा अन्तस्करणको आवाज सुनेर आफ्नो अमूल्य मतको प्रयोग गर्नुहोस।'
उनले पार्टीको विगतदेखिको इतिहासका विषयमा सबै प्रतिनिधिहरु जानकार रहेको भन्दै पार्टी र कार्यकर्ताको भविस्य हेरेर मतदान हुने पनि विश्वास व्यक्त गरे।
सरकार परिवर्तनको कुरा कांग्रेसले गरेको छैन
पौडेलले कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व गर्ने भनेको सरकारको नेतृत्व नभएको स्पस्ट पार्दै कांग्रेसभन्दा बाहिरबाट सरकार परिवर्तनको कुरा चलिरहेको बताए।
'हामीले सरकार परिवर्तनको कुरा गरेकै छैनौ, कांग्रेस भन्दा बाहिरबाट सरकारको नेतृत्वको कुरा आइरहेको छ' उनले भने, 'यो किन भइरहेको छ मैले बुझ्न सकेको छैन।'
पौडेलले अहिले पनि राजनीतिक रुपमा कांग्रेसले नै नेतृत्व गरिरहेको भन्दै मधेस आन्दोलन र संविधान संसोधनलगायतको नेतृत्व गरेको र अब त्यही संविधान कार्यान्वयनको नेतृत्व लिने भनेको बताए ।
महाधिवेशन भव्य भएको निस्कर्ष
कार्यवाहक सभापति पौडेलले महाधिवेशन अहिलेसम्मकै सभ्य र भव्य भएको निस्कर्ष सुनाए। 'महाधिवेशन अहिलेसम्मकै सभ्य र भव्य भएको छ' उनले भने, 'मैले अहिलेसम्मकै शालिन अधिवेशन भएको महसुस गरेको छु।' पार्टीको नीति कार्यक्रममा आएका सुझाव पार्टीका लागि मार्गदर्शक भएको भन्दै त्यसकै जगमा कांग्रेसले भोलिका कार्यक्रम तय गर्ने बताए।
चुनावमा कसैलेपनि संयम नगुमाउन्
उनले अहिलेसम्म सभ्य रुपमा भएको महाधिवेशनलाई आइतबार हुने चुनावी कार्यक्रममा पनि त्यही संयमता देखाउन सबैलाई आह्वान गरे। 'म सबैंलाई आह्वान गर्छु कि चुनावी प्रतिस्पर्धामा कसैले पनि संयम नगुमाओस्' उनले थपे, 'चुनावी प्रतिस्पर्धामा कुनै बेला संयम गुम्यो भने त्यसले गलत सन्देश दिन सक्छ त्यसका लागि सबैले पूर्वसावधानी अपनाउनु होस्।'
पहिलोपोस्टबाट
प्रतिस्पर्धा देउवासँग तर जित मेरो हुनेछ भन्दै रामचन्द्र पौडेलले दिए तीन कारण
Posted by Unknown
Posted on 7:00 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment