Home » » प्रहरीद्वारा हवाइफायर र अश्रुग्यास प्रहार, ९ जना पक्राउ

प्रहरीद्वारा हवाइफायर र अश्रुग्यास प्रहार, ९ जना पक्राउ


फागुन २७
सल्यान–एक महिलाको मृत्युका विषयमा भएको विवाद पछि मृतकका माइतीपक्षले इलाका प्रहरी कार्यालय लुहाममा तोडफोड गरेपछि प्रहरीले हवाइफायर तथा अश्रु ग्याँस प्रहार गरेको छ ।
गाउँनै उल्टेर आएका मृतकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार तथा आक्रमण गरेपछि प्रहरीले ३ राउन्ड अश्रु ग्याँस र २ राउन्ड हवाइ फायर गरेको हो ।
आन्दोलनकारीले प्रहार गरेको ढुंंगा प्रहारबाट प्रहरी जवान खड्क सुनार र दीपेन्द्र श्रेष्ठ घाइते भएका छन् ।
आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी भवनका सिसा समेत फुटेको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख सुरेन्द्र गौतमले जानकारी दिए । आक्रमणमा संलग्नरहेको आरोप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणमा सलंग्न भएको भन्दै प्रहरीले झिम्पे निवासी ज्ञान बहादुर विक, त्रिवेणी ७ का लाल बहादुर नेपाली, त्रिवेणी ७ का १७ वर्षिय विनोद विक, ७ कै ३० वर्षिय तुत्सी विक, ७ की २५ वर्षिया गौरी रेउले, सात कै पवित्रा विक , शोही ठाउँकै २६ वर्षिय शोभा शर्मा डाँगी , त्रिवेणी ४ की ५२ वषिर्या शुसिला विक र दमाचौर ७ की हिमा विकलाई नियन्त्रणमा लिएको हो ।
यहि फागुन २३ गते राती आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वर्षिया निर्मला विकको हत्या भएको मृतकका आफन्तको दाबी छ । सोहि दाबी अनुसार आफन्तले बुधबार ४ जनामाथि किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी अनुसार आरोपितहरुलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको भएपनि आफन्तले आरोपितलाई जवर्रजस्ती कबुल गराउनु पर्ने भन्दै प्रहरीमा पुगेको गौतमले दाबी गरे । तर, त्यसो गर्न नसकिने भन्दै प्रहरीले जवाफ दिएपछि मृतकका आफन्त आक्रोसित हुँदै चौकी घेराउमा पुगेका थिए ।
Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved