फागुन २७
काठमाडौँ– कुटपिट गरी एक व्यक्तिलाई मारेको अभियोगमा काठमाडौँ इतुम्बहाल डेरा गरी बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी घर भई इतुम्बहाल बस्ने ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको छ ।
Ratopati बाट
श्रीमती जिस्काएको निहुँमा कुटपिट गर्दा मृत्यु
Posted by Unknown
Posted on 3:26 AM
with No comments
Labels:
news

0 comments:
Post a Comment