खोटाङ, फागुन २७ । खोटाङको धितुङ गाउँ विकास समिति अन्तर्गतको बुढाथोकी गाउँमा आगलागी हुँदा तीस लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय रत्नबहादुर बुढाथोकी, सञ्जय बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, हस्तबहादुर बुढाथोकी, रामकुमार बुढाथोकी र नवराज बुढाथोकीको घर र घरमा
रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए । स्थानीयका अनुसार रत्नबहादुरको घरमा लागेको आगो पुरै बस्तीमा फैलिएको थियो ।
Imagekhabar बाट
खोटाङको बुढाथोकी गाउँमा आगलागी, ३० लाखको क्षति
Posted by Unknown
Posted on 12:22 AM
with No comments
Labels:
news

0 comments:
Post a Comment