फागुन २३
काठमाडौं – महाशिवरात्रीको पूर्वसन्ध्यामा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा साधुहरुको भिड लागेको छ । पशुपतिनाथ मन्दिरपरिसर र वनकालीमा जोगी सन्यासी र बाबाहरु धुनी जगाउँदै गाँजा, भाङ र धतुरो तानेर ‘जय भोले’ भन्दै चिच्याइरहेका भेटिन्छन् ।
हिन्दु धर्मालम्बीहरुले शिवको आराधना गरेर मनाउने शिवरात्रीमा भारतलगायत विभिन्न देशहरुबाट भक्तजनहरु तिर्थ भर्न आउने गर्दछन् भने संसारका धेरै देशहरुबाट अन्य धर्मालम्बीहरु पनि साधुहरुको जनजीवन अवलोकनका लागि पर्यटकहरु आइरहेका हुन्छन् । साथै शिवरात्रीमा गाँजा तान्न युवायुवतीहरु पनि तँछाडमछाड गर्दै पशुपतिको बनकाली पुग्छन् ।
हरेक वर्ष पशुपतिमा भारतका विभिन्न धार्मिक पिठहरुबाट तिर्थ भर्न आउने साधुहरुलाई सरकारले दक्षिणासहित बिदा गर्ने चलन छ । साथै साधुहरुका लागि बनकालीमा शिवरात्रीभर खान बस्न र धोनी जगाउनका लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने गर्दछ । Ratopati बाट
पशुपतिनाथमा ‘बम बम भोले !’ (फोटोफिचर)
Posted by Unknown
Posted on 4:02 AM
with No comments
Labels:
news

0 comments:
Post a Comment