Home » » चट्याङ लागेर एकको मृत्यु, एक घाइते

चट्याङ लागेर एकको मृत्यु, एक घाइते


फागुन २३
रोल्पा–रोल्पामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । आइतबार दिउँसो पश्चिम रोल्पाको जुँगार–९ मा चट्याङ पर्दा स्थानीय २८ वर्षिय नरसिंङ डाँगीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
साथै मृतकका ७ वर्षिय छोरा घाइते भएको जनाइएको छ । चट्याङका कारण घरमा समेत क्षति पुगेको स्थानीयले जानकारी दिए । चट्याङ परेलगत्तै स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रहरीका अनुसार घाइतेको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ ।Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved