फागुन २३
बझाङ –सदरमुकाम चैनपुर बजारको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ४ शिक्षक सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जयपृथ्वी नगरपालिका ४ चैनपुरमा होटल संञ्चालन गर्दै आएका बिर बहादुर कँुवरको होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार साँझ नगद २ लाख ४५ हजार सहित प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय चैनपुरको टोलीले होटल संञ्चालक कँुवरको मष्टा होटलमा म्यारिज खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको थियो ।
पक्राउ पर्नेमा होटल साहु विर बहादुर कँुवर, भुवन खड्का, सेर बहादुर खड्का, गोरखराज उपाध्याय र सन्जिप परियार सैनपसेलाका सुरज दौल्याल कडेलका गगन कठायत, सुर्य कठायत र मान बहादुर कठायत , दौलीचौरका मान बहादुर बोहरा, सुनिकोटका गगन धामी र दान बहादुर कुँवर रहेका छन् ।
मान बहादुर कठायत सन्तोष निमावि कडेल, सुर्य कठायत इश्वर निमावि दौलिचार, गगन कठायत दौलिचौर मावि र गोरख राज उपाध्याय कालिका प्रावि गोलाईमा कार्यरत शिक्षक हुन् ।
प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले पक्राउ परेका सबैलाई आइतबार जुवा ऐन अनुसार मुद्घा दर्ता गरी १० दिनका लागि म्याद थप गरिएको जानकारी दिए । Ratopati बाट
४ शिक्षक सहित १२ जुवाडे पक्राउ
Posted by Unknown
Posted on 4:07 AM
with No comments
Labels:
news

0 comments:
Post a Comment