फागुन २७
राजविराज –मित्र राष्ट्र भारतको गुहाटी र सिलोङमा हालै सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन महिलातर्फ काँस्य पदक विजेता देवी चौधरीको गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा भव्य स्वागत र सम्मान गरिएको छ ।
बिहिबार जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना गरी काँस्य पदक विजेता चौधरीलाई भव्य स्वागत र सम्मान गरेको हो ।
चौधरीसँगै भारोत्तोलनका प्रशिक्षकद्वय दिनेश भुजेल, पुन्तीलाल यादव र सार्क खेलमा कुस्तीतर्फ सहभागी महिला खेलाडी शान्ति चौधरीलाई पनि सम्मान गरिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ निवासी ३६ वर्षिया देवी चौधरी १२ औं दक्षिण ऐशियाली खेलकुदमा भारोत्तोलनततर्फ ५३ केजी तौल समूहमा सहभागी भई काँस्य पदक हात पारेकी थिइन् । उनीसँगै उनका स्थानीय प्रशिक्षक दिनेश भुजेल, पुन्तीलाल यादव र कुस्ती खेलाडी शान्ति चौधरीलाई माला, अविर लगाई सम्मानका लागि भ्यानमा राखेर नगरको विभिन्न भागको परिक्रमा गराईएको थियो ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित “सम्मान तथा पुरस्कार वितरण समारोह” मा प्रमुख अतिथि युनिक कलेज अफ मेडिकल साइन्स हस्पिटलका अध्यक्ष जय प्रकाश ठाकुर, भारोत्तोलन संघका सल्लाहकार सुर्यनाथ यादव ‘सुभाष’, बाबा युथ सेवा सेन्टर शम्भुनाथका अध्यक्ष चन्द्र नारायण चौधरी, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, नेकपा माओवादीका जयप्रकाश यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शम्भु यादव, उपाध्यक्ष धीरेन्द्र वर्मा “धिरु”, कार्यालय प्रमुख लक्ष्मण मण्डल, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, पत्रकार मनोहर पोखरेल लगायतले विजेता खेलाडी, प्रशिक्षक र सार्कमा सहभागी खेलाडीलाई नगद, कदर पत्र र दोसल्ला सहित सम्मान गरेका थिए । सो अवसरमा प्रशिक्षक दिनेश भुजेलले सार्क खेलमा भारोत्तोलन महिलाततर्फ पदक प्राप्त गर्ने देवी चौधरी नेपालकै पहिलो महिला भएको जानकारी दिँदै उनले जिल्लाको मात्र नभई मुलुककै गरिमा बढाउने काम गरेको बताए ।
सार्क पदकधारी देवी चौधरीले पदक जितेको क्षण जीवनकै अविस्मरणीय क्षण भएको भन्दै आगामी दिनमा पनि राष्ट्रका लागि स्वर्ण पदक ल्याउने लक्ष्य सहित कडा मिहिनेत गर्ने बताईन । कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ताले चौधरीले देखाएको कला कौशल र क्षमताको मुक्त कंठले प्रशंसा गर्दै भविष्यमा स्वर्ण पदक ल्याउन सकोस् भनि कामना पनि गरे ।
Ratopati बाट
Home »
sports
» सार्कमा पहिलो भारोत्तोलन पदक विजेता महिला खेलाडीको गृह जिल्लामा भव्य स्वागत र सम्मान
सार्कमा पहिलो भारोत्तोलन पदक विजेता महिला खेलाडीको गृह जिल्लामा भव्य स्वागत र सम्मान
Posted by Unknown
Posted on 6:24 AM
with No comments
Related News you might like to see :
Labels:
sports
0 comments:
Post a Comment