लन्डन, फागुन २७ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को एक गोप्य दस्तावेज फेला परेको छ । दस्तावेजमा आइएसका २२ हजार जेहादीको व्यक्तिगत विवरण रहेको छ ।
सिरिया र इराकमा सक्रिय जेहादीहरुको व्यक्तिगत विवरणसहितको सो दस्तावेज आइएसमै भर्ती हुन चाहेका तर असफल भएका एक युवाले चोरी गरेका हुन् । उक्त दस्तावेज
बेलायती संचारमाध्यम ‘स्काइ न्यूज’ ले फेला पारेको हो ।
आइएसविरुद्ध कारवाही गर्दै आएका पश्चिमी मुलुकका सुरक्षा एजेन्सीहरुका लागि यो दस्तावेज महत्वपूर्ण हुने विश्वास लिइएको छ । दस्तावेजमा आइएसका २२ हजार लडाकुको नाम, ठेगाना, परिवारको सम्पर्क लगायतका व्यक्तिगत विवरण सामेल रहेको बताइएको छ ।
उक्त दस्तावेजमा विभिन्न ५१ मुलुकबाट आइएसमा भर्ती भएका लडाकुहरुको विवरण रहेको स्काई न्यूजले जनाएको छ । लडाकुहरुले भर्ती हुने क्रममा आइएसलाई बुझाएको फारमसहितको दस्तावेज फेला परेको हो । उक्त फारममा भर्ती हुन इच्छुक युवाले विभिन्न २३ वटा प्रश्नको जवाफ दिएका छन् ।
आइएसका २२ हजार लडाकुले भर्ती हुन अघि आफ्नो जन्म मिति, वैवाहिक स्थिती, यसअघि गर्दै आएको काम, लडाकुका रुपमा निर्वाह गर्न चाहेको भूमिकाको प्रकृति, कुनै प्रकारको विशेषज्ञता हासिल गरेको भए त्यसको विवरणसहितका विभिन्न २३ वटा प्रश्नको जवाफ उक्त दस्तावेजमा सामेल छ ।
Imagekhabar बाट
Home »
international news
» २२ हजार जेहादीको व्यक्तिगत विवरणसहित आइएसको गोप्य दस्तावेज भेटियो
२२ हजार जेहादीको व्यक्तिगत विवरणसहित आइएसको गोप्य दस्तावेज भेटियो
Posted by Unknown
Posted on 7:14 PM
with No comments
Labels:
international news

0 comments:
Post a Comment