काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यकोे मतगणना आज पनि हुँदैछ ।
पहिलो दिन मात्र १५० मत गणना भएपछि केन्द्रीय सदस्यको मत गणनामा समय लाग्ने भएको छ । आज १० बजेबाट मतगणना पुनः सुचारु गरिने निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
आजै समावेशी तर्फको मतगणना समेत हुनेछ । मतगणनालाई छिटो सक्न गणनास्थल थप गर्ने तयारी गरिएको घिमिरेले बताए ।
पहिलो दिनको मतगणनामा खुमबहादुर खड्का अग्रस्थानमा छन् भने अन्य सदस्यहरुमा पनि ठूला नेताकै बर्चश्व रहेको छ ।
२५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । सबै उम्मेदवारले प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेपछि निर्वाचन समितिका प्रतिनिधिले मञ्चमा बसेर मतपत्रलाई प्रोजेक्टरमा देखाएर मात्र गन्ने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधिहरुलाई हलमा राखिएको थियो ।
कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् । News24Nepal.com बाट
कांग्रेस केन्द्रीय सदस्यको मतगणना १० बजेबाट
Posted by Unknown
Posted on 7:19 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment