नयाँ दिल्ली, २७ फागुन । भारतकी एकजना १६ वर्षिया युवती यौनहिंसाको अर्काे शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् ।
भारतको मध्यप्रदेशकी १६ वर्षीया युवतीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ ।
उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो ।
गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती युवतीको बुधबार बिहान मृत्यु भएको हो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।
अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ ।
त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन ।
यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।
सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा सम्लग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ ।
त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ ।
दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ ।
दैनिक नेपाल डट कमबाट
Home »
international news
» युवती बलात्कार गरी आगो लगाइ यसरी भयो हत्याको प्रयास
युवती बलात्कार गरी आगो लगाइ यसरी भयो हत्याको प्रयास
Posted by Unknown
Posted on 7:09 PM
with No comments
Labels:
international news

0 comments:
Post a Comment