दाङ, २९ फागुन । दाङको घोराही २ गुलरियामा किराना पसल गर्ने ३२ वर्षीया रीता चौधरीमाथि बिहीबार एसिड प्रहार भएको छ ।
चुरोट किन्न आएको युवकले उनीलाई एसिड छ्यापेर भागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दाङमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। आक्रमणकारीको पहिचान भएको छैन । सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा आएका युवकले एसिड हानेर भागेको उनले बताएकी छिन् ।
बेलुका करिब ७ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले सिरिन्जले एसिड छर्केको उनको भनाई छ ।
आक्रमण गर्नेको पहिचान नखुलेको र अनुसन्धान जारी रेहको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कठायतले बताए ।
दैनिक नेपाल डट कमबाट
यसरी प्रहार भयो महिलाको अनुहारमा एसिड
Posted by Unknown
Posted on 6:04 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment