सरकार मधेस आन्दोलनका गम्भीर घाइते भएकालाई उपचार खर्चबापत ४० लाख रुपैयाँ दिन सहमत भएको छ । मधेसकेन्द्रित दल र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रकम दिन सहमति जनाएका हुन् ।
बैठकमा सरकारले घाइतेको औषधि र उपचारमा ३१ लाख रकम दिने प्रस्ताव गरेको थियो । कानुनमन्त्री अग्नि खरेलले वीर अस्पतालमा उपचार गराएका घाइतेको उपचारखर्चवापत ३१ लाख दिने प्रस्ताव गरेका थिए । तर, मधेसी दलका नेताहरुले कुरुवाको पनि खाना र बसाइको रकम दिनुपर्ने अडान लिएपछि सरकारले थप नौ लाख दिने सहमति जनाएको छ।
Ratopati बाट
मधेस आन्दोलनका घाइतेलाई ४० लाख
Posted by Unknown
Posted on 6:11 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment