चैत्र ०४
“संचार प्रविधिको बढ्दो प्रयोगले दैनिक जिबनमा महत्वपूर्ण भूमिका खेलेको आजको युगमा घर अथवा आफिसमा भएको वाइफाई राउटर लाई एनड्रोईड मोबाइल फोन, आईफोन,आइप्याड ,विन्डोज फोन, ट्याब्लेट पी.सी., स्मार्ट टी.भी, गेम कन्सोल तथा अन्य नेटवर्किंग सामग्रीको लागि मुटु नै मान्न सकिन्छ।
यसै सन्दर्भमा सस्तो मुल्यमा कम्प्युटर नेटवर्किंग सम्बन्धि उच्च गुणस्तर का सामग्री उपलब्ध गराउंदै आएको विश्व प्रशिद्ध कम्पनि LB-LINK ले आफ्नो पछिल्लो उत्पादन “गिगावाइट डुवल ब्याण्ड वाइफाई राउटर” BL-W1200 Gigabit AC Router
नेपाली बजारमा भित्राएको छ ।
घर तथा अफिसमा धेरै मात्रामा एन्ड्रोईड फोन, आइफोन , आइप्याड , ल्यापटप , स्मार्ट टी.भी, हाइ डेफिनिसन भिडियो तथा अन्य फाइल सेयेरिंग ले गर्दा आफ्नो राउटरको इन्टरनेट स्लो भएको महसुस गरी रहेका प्रयोगकर्ताहरुको लागी यो राउटर अत्यन्त उपयोगी हुने दाबी कम्पनीको नेपालका लागी आधिकारीक बिक्रेता हाईटेक ईन्टरनेसनलले गरेको छ ।
यसका बिशेषताहरुमा भिडियो गेम तथा एच डी मुभीहरु सजिलै सेयेर गर्न सकिने, अनलाईन एच.डी.मुभीज हरु सजिलै हेर्न सकिने हाई पावर सिग्नल, चार वटा गिगावाइट पोर्ट , २ वटा एन्टेना भएको, डुवल ब्याण्ड साथमा युयसबी पोर्ट पनी रहेको छl अन्य राउटरको तुलनामा यसमा कनेक्ट भएका सम्पूर्ण डिभाइस हरु लाइ सहज रुपमा ब्याण्ड विथ कन्ट्रोल(आफुले चाहेको जती स्पिड दिन सकिने) साथै म्यानेज गर्न सकिनेछ ।
यस राउटरमा वाइफाईमा प्रबिधि मा आएको पछिलो प्रबिधि 802.11AC छ जुन पहिलेको “N” टाईपका वाइफाईमा भन्दा ४.३ गुना ज्यादा स्पीड रहेको बताईन्छ l यसको डुवल ब्याण्ड सिस्टमले ईन्टरनेट तथा अन्य डाटाहरूलाई आफ्नो कभरेज एरियामा ८६७ एम.बी.पी.एस ५ गिगाहर्ज ब्याण्डमा तथा ३०० एम.बी.पी.एस २.४ गिगाहर्ज ब्याण्डमा प्रवाह गर्दछ ।
यो राउटर एच.डी स्ट्रीमिड्ग तथा अनलाइन गेमीङ्ग को लागि अत्यन्त उपयोगी रहेको बताईएको छ l यसको अन्य बिशेषता मा प्यारेन्टल कन्ट्रोल , हाइ-फाई सिग्नल एन्टेना,चारवटा गिगाबाईट पोर्ट तथा वाइफ़ाइका पुराना टाईपका सामग्रीहरु पनि सजिलै चलाउन सकिने रहेको छ।
कम्पनीका अनुसार एसी वाईफाई राउटर को अर्को महत्वपूर्ण फाइदा यसले खपत गर्ने ब्याट्री हो । परम्परागत वाइफाई भन्दा यसले ६ गुणा कम ब्याट्री खपत गर्दछ l यसको नेट ब्राउजिंग स्पिड तथा डाउनलोड स्पिड फास्ट भएकै कारणले यो सम्भब भएको हो । तर एक्चुवल स्पिड को अनुभब को लागि आफुसंग भएको डिभाइसहरु पनि 802.11 AC संग कम्प्याटिवल हुन जरुरि हुन्छ।
अर्को महत्वपुर्ण कुरा बजारमा चलन चल्तीका डुवल ब्याण्ड राउटरको मुल्य १०-१२ हजारको हाराहारीमा पर्नेगरेकोमा यसको मुल्य त्यसको झण्डै आधा मात्र पर्ने बताईएकोहुनाले ईन्टरनेटका सामान्य उपभोक्ता को लागि यो उपयोगी हुने कम्पनिको दाबी छ । “
पुर्बेलीन्युजबाट
सस्तो मुल्यका वाइफाई राउटर नेपाली बजारमा
Posted by Unknown
Posted on 6:55 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment