चैत्र ०४,
काठमाडौं, बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन्।
सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको अवस्थामा यतिबेला महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकको निगरानीमा छिन्। उनका बुबा चन्द्रवहादुर बुढामगर र आमा भूमिसराले गत फागुन १६ गते देउती इङ्लिश बोर्डिङ स्कुलकी शिक्षक जानकी रानामगरले कुटेपछि छोरीको आँखाको ज्योति गुमेको बताए।
शिक्षण जानकीले पछाडि फर्केको निहुँमा कुटेको एलिसाले बताइन्। एलिसाको दायाँ आँखाको ज्योति सदाका लागि गुमेको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन्।अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।
पुर्बेलीन्युजबाट
शिक्षकले पिट्दा गुम्यो बालिकाको आँखा
Posted by Unknown
Posted on 7:00 PM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment