२२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्को वर्ष हृवाइट हाउस छाड्नेछन् । तर, उनी धेरै टाढा जाने छैनन् ।
ओबामाले भनेका छन् कि १४ वर्षीया छोरी साशाको पढाई पुरा नहुँदासम्म उनी वाशिङटनमै रहनेछन् । साशा वाशिङटनको सिडवेल फ्रेन्ड्स स्कुलमा पढि्छन् ।
हाइस्कुल अध्ययनका क्रममा बीचै अर्को स्थानमा लैजान गाह्रो हुने ओबामाले बताएका छन् ।
कार्यकाल पुरा गरेपछि ओबामाले अमेरिकी राष्ट्रपति भवन छाड्नेछन् । कार्यकाल सकिएपछि वाशिङटनमै बस्ने पछिल्लो राष्ट्रपति वुडरो विल्सन थिए, उनी १९१३ देखि १९२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।
उसो त ओबामा परिवारको योजना शिकागोमा समय विताउनेछ, उहाँ उनको घर र फस्र्ट लेडी मिशेल आबेामाको परिवार छ । ओबामाले शिकागोमा आफ्नो आष्ट्रपति लाइब्रेरी स्थापना गर्दैछन् ।
अनलाइनखबरबाट
Home »
international news
» हृवाइट हाउस छाडेपछि ओबामा कहाँ बस्छन् ?
हृवाइट हाउस छाडेपछि ओबामा कहाँ बस्छन् ?
Posted by Unknown
Posted on 7:08 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment