काठमाडौं, २० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले नाकाबन्दी गर्नुको कारण माग गर्नुभएको छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिन काठमाडांैको खुलामञ्चमा पुगेका एकीकृत माओवादीका अध्यक्ष दाहालले कार्यक्रममै उपस्थित भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग नाकाबन्दी गर्नुको कारण माग गर्नुभएको हो ।
उहाँले नेपालले नाकाबन्दी गर्नुपर्ने खालको के गल्ती गरेको हो ? त्यो भारतीय नेताहरुलाई सन्देश पु¥याइदिन आग्रह गर्नुभयो । दाहालले राष्ट्र अझै सहज अवस्थामा नपुगिसकेकाले राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो ।
उहाँले देशका लागि यो वर्ष असाधारण रहेको भन्दै राष्ट्रिय एकतालाई मजबुद बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कांग्रेसको आगामी नेतृत्व राष्ट्रिय एकतालाई मजबुद बनाउने खालको आउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । दैनिक नेपाल डट कमबाट
Home »
Nepali News
» प्रचण्डले कोसियारीसँग सोधे : नाकाबन्दीको कारण के ?
प्रचण्डले कोसियारीसँग सोधे : नाकाबन्दीको कारण के ?
Posted by Unknown
Posted on 5:28 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment