Home » » ओलीकाे चीन भ्रमणले भारतमा हंगामा : बीबीसीले लेख्यो,‘भारतलाई खतरा !’

ओलीकाे चीन भ्रमणले भारतमा हंगामा : बीबीसीले लेख्यो,‘भारतलाई खतरा !’


चैत्र ०७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि साताव्यापी चीन भ्रमण सुरु गरेका छन् । ठीक एक महिनाअघि ओलीले भारतको भ्रमण गरेका थिए ।प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई लिएर नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै चासो छ । ओलीको चीन भ्रमणका विषयमा बीबीसी हिन्दीले समेत ‘ओलीको चीन भ्रमणले भारतलाई खतरा ?’ शीर्षकमा समाचार लेखेको छ ।
बीबीसी हिन्दीले लेखेको छ, ‘ओलीको यो भ्रमण ‘सन्तुलनको साधन’ भन्दा केही धेरै हो । आफ्नो भौगोलिक महत्वका कारण नेपाल १७६८ मा अस्तित्वमा आउनुभन्दा पहिला भारत र चीन दुवैका लागि महत्वपूर्ण थियो ।’ ‘एकीकृत नेपालका राजा पृथ्वीनारायण शाहले यसलाई ‘दुई ढुंगाबीचको तरुल’ को संज्ञा दिएका थिए’, ‘१९६८ पछि नेपालले सैन्य शक्ति र आफ्नो कूटनीतिका माध्यमबाट आफूलाई ब्रिटिस साम्राज्य र त्यसपछि भारत र चीनसँग बचाएर राख्यो ।’ उसले लेखेको छ ।
नेपालले अहिले ‘अहिले दुई ढुंगाबीचको तरुलको परिभाषालाई पुनर्परिभाषित गर्दै ‘समान दुरी राख्ने नीति’ अपनाएको छ ।नेपाल र भारतबीच अहिले साझा संस्कृति, खुल्ला सीमाना, मान्यता र जनसंख्यिकी, खासगरी बिहार र उत्तरप्रदेशको सीमाका मानिसहरुको पारिवारिक सम्बन्ध छ ।नेपालमा भने केही राजनीतिक दलका नेताहरुको भारतसँग विशेष सम्बन्ध स्थापित गर्ने र चीनसँग सम्बन्ध विस्तार गर्दै नगर्ने प्रवृत्तिको विरोध हुँदै आएको छ । भारतसँगको परनिर्भरताका कारण नेपालको अर्थतन्त्र सृदृढ हुन नसकेको समेत चर्चा हुने गरेको छ ।
नेपालको राजनीतिमा पहिले भारतको मात्रै भूमिका देखिने गरेको र चीनले तिब्बती शरणार्थीका गतिविधिबारेमात्रै चासो राख्ने गरेकोमा अहिले नेपालको समेत चासो हुन थालेको टिप्पणी गरेको छ । भारतले प्रधानमन्त्री ओलीलाई जोडदार स्वागत गरेपनि ओलीको भ्रमणका क्रममा साझा वक्तव्यसमेत जारी हुन सकेन । प्रधानमन्त्रीको भ्रमणका क्रममा साझा वक्तव्य आउन नसक्नुका पछि सम्बन्ध पूर्ण रुपमा सुधार नभएको संन्देश नै हो ।
गत असोजमा नेपालको संविधान जारी भएपनि भारतले त्यसको स्वागत नगरी आपत्ति जनयो र सीमा नाका बन्द गरेर नेपालको आपूर्ति व्यवस्थामा असहजता उत्पन्न गराएपछि यहाँ भारतविरोधी भावना जनस्तरसम्म नै पुगेको छ ।प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएपछि मात्रै भारत जाने अडान राखेपनि भारत नगई चीन जाने हिम्मत भने गर्न सकेनन् । भारत गएको एक महिनापछि ओली चीन गएका छन् ।
ओलीको चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता समेत हुने भएको छ । चीनसँग २२ सय मेघावाट बिजुली निकाल्ने गरी विद्युत अयोजना निर्माण, नेपालको मुख्य पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण लगायतका सम्झौता गर्ने तयारी छ । यस प्रति भारत खुसी नरहेको बताइन्छ ।
गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले नेपालको क्षतिग्रस्त इलाका र सम्पदाहरुको पुनः निर्माणमा सहयोग गर्ने बचन दिएको थियो । भारत र चीन दुवै नेपालको विकास, शान्ति र स्थिरताको एजेण्डामा मुछिएका छन् । तर दुवैको लडाई अहिले आफ्नो उपस्थिति बलियो बनाउनेतर्फ केन्द्रीत छ ।
यद्धपि नेपालमा अहिले भारतको लोकप्रियतामा धेरै गिरावट आइसकेको छ । भारतले नेपालको राजनीतिमा गरिरहेको नांगो हस्तक्षेप र पछिल्लो नाकाबन्दीले जनता भारतप्रति आक्रोशित छन् ।
भारतमा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध सदृढ गर्न भ्रमण फलदायी भएको बताएका थिए । तर चीन भ्रमणका क्रममा चीन नेपालका लागि महत्वपूर्ण रहेको मुख्य सन्देश लुकेको छ ।
पुर्बेलीन्युजबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved