काठमाडाैं-बेलायती राजकुमार ह्यारी काठमाडाैं अोर्लेपछि उच्चस्तरीय भेटघाट र अवलोकन भ्रमणमा व्यस्त छन्। शनिबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अोलीसँग शिष्टाचार भेट गरे। उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले उनको सम्मान र स्वागतमा अायोजना गरेको रात्री भोजमा ह्यारी सहभागी भए।
भ्रमणको दोस्रो दिन अाइतबार ह्यारी बिहानैदेखि घुमघाममा निस्के। उनी पुगे-पाटन दरबार। नेवारी पहिरनमा सजिएका महिलाले ह्यारीलाई पुष्प गुच्छा र मालासहित स्वागत गरे। पाटन दरबार क्षेत्र ह्यारीले चाख मानेर अवलोकन गरे।
पाटन दरबार स्क्वायरमा ढुंगाका मूर्ति र कलाकृति कुँदिएका दृश्यले ह्यारीको ध्यान तान्यो। उनले कलाकारले मूर्ति कुँदेको चाख मनेर हेरे। ह्यारीले पाटनमा काठमा अाकृति कुँद्न व्यस्त नेपाली सिल्पीहरूको कामको सिको गर्न पनि भ्याए। कलाकारको छेउमै पुगेर उनी थचक्क भुँइमा बसे। दायाँ हातले काठको मुङ्ग्रो (ह्याम्मर) समाए, बायाँ हातले काठ खोप्ने मसिन रामो समाए। अनि थाले काठ खोप्न।
अाडैका मूर्तिकारले उनको काम नियालेर हेरे। काठ खोपेको मिल्यो या मिलने भनेर देखाउन ह्यारीलाई हतारो भो। उनले मूर्तिकारतर्फ फर्केर सोधे-कस्तो भो ? सिपालु मूर्तिकारले भनिदिए -'या गुड' (राम्रो)। ह्यारी मख्ख परे र हाैसिँदै हाँसेर 'सेलिब्रेसन' गरे।
Nagarik News बाट
ह्यारीका हातमा ह्याम्मर ! (फोटोसहित)
Posted by Unknown
Posted on 3:09 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment