काठमाडौं । जापानका वैज्ञानिकहरुले १६ बर्ष पुरानो मुसाको मृत कोषबाट क्लोनिङ प्रविधि अपनाई उस्तै शरीर र ब्यबहार भएको स्वस्थ मुसो तयार पारेका छन् । मृत कोषबाट पुनर्जीवन सिर्जना गरिएको वैज्ञानिक जगतमै यो पहिलो पटक हो ।
विज्ञान जगतलाई चकित पार्ने र नयाँ आशा पैदा गर्ने उक्त वैज्ञानिक परीक्षण जापानको कोबे शहरस्थित जीवशास्त्र
विकास केन्द्रका वैज्ञानिकहरुको एक टोलीले गरेको हो । यस सफल परीक्षणले अस्तित्वको खतरामा परेका जनावरहरुका प्रजातिको संरक्षण गर्नेदेखि लोप भइसकेका प्रजातिहरुलाई चिहानबाट उठाई पुनर्जीवन प्रदान गर्ने कार्यसम्मको सम्भावना जन्माएको बताईन्छ ।
परीक्षणमा डा. वाकायामाको टोलीले १६ वर्ष पहिले मुत्यु हुनासाथ माइनस २० डिग्री सेल्सियस तापक्रममा संकलन गरिएको मुसाको दिमागको कोषलाई प्रयोग गरेको थियो । वैज्ञानिकहरुका अनुसार त्यति कम तापक्रममा राखिएपछि मृत शरीरका कोषहरु चिसोले जम्ने क्रममा नै नाश भईसक्छन् । तर डा. वाकायामाले कोष तन्तुहरुलाई पिस्ने प्रक्रिया अपनाई चिसोले जमेको मृत कोषभित्र अझै सुरक्षित अवस्थामा रहेको न्युक्लेसलाई छुट्याएर निकाल्ने तरिकाको आविष्कार गरे । यो आविष्कारमा मृत अवस्थामा पनि न्युक्लेसभित्र सुरक्षित रहेका बंशाणु तथा डि.एन.ए लाई पुनः क्रियाशील बनाउन बाटो खुला भएको छ ।
यस अघिसम्म चिसोले जमेर रहेको कोषलाई पगालेर क्लोनीङ गर्न कठिन हुने धारणा वैज्ञानिकहरुले बनाउँदै आइरहेका थिए । किनभने, उनीहरुको तर्क थियो, बरफका मणिभहरुले डि.एन.ए लाई नष्ट गर्छ । र जापानी वैज्ञानिकहरुले बरफमा जमेर रहेको मृत मुसोलाई पगालेर त्योसँग रहेको मस्तिष्क तन्तुमा रहेको कोषभित्रको न्युक्लेस संकलन गर्न सफलता प्राप्त गरे । त्यसपछि उनीहरुले न्युक्लेस झिकेर डि.एन.ए रहित पोथी मुसाको डिम्ब कोष उक्त न्युक्लेस पसाईदिए । मृत कोषबाट निकालेर ल्याईएको न्युक्लेसभित्रका डि.एन.ए हरु निस्क्रिय थिए । तिनीहरुलाई क्रियाशिल तुल्याउन वैज्ञानिकहरुले डिम्बलाई विद्युतीय झट्का दिए ।
अचम्मको कुरा, मृत कोषको न्युक्लेस पाएको डिम्बभित्र जैविक प्रक्रिया शुरु हुन थाल्यो । डिम्ब कोष विभाजित हुँदै कोषहरुको संख्या थपिदैं त्यो भ्रुणमा विकसित भयो । प्रयोगशालामा तयार पारिएको त्यस भु्रणलाई केही दिनपछि वैज्ञानिकहरुले जीवित र स्वस्थ पोथी मुसाको गर्भाशयमा १६ बर्ष पहिले मृत मुसाको जन्म भयो, जुन १६ बर्ष पहिले मृत मुसाको दुरुस्त स्वरुप वा क्लोन थियो ।
जापानी वैज्ञानिकहरुले मृत मुसाको कोषबाट स्वस्थ क्लोन तयार पार्न सफलता प्राप्त गरेपछि लोप भइसकेको जनावरहरुको पनि क्लोन तयार गरी उनीहरुलाई पुनर्जीवन दिन सकिन्छ भन्ने विचार विज्ञान जगत उठ्न थालेको छ । उनीहरु अहिले लाखौं वर्ष पहिले नै लोप भएको हात्तीको हाराहारीको भीमकाय म्यामोठ नामको जनावरलाई पुनरागमन गर्न सकिन्छ भनी सोच्न थालेका छन् । किनकि ती जनावरहरुको अवशेष पृथ्वीको बरफले ढाकिएका स्थानहरुमा बरफसँगै जमेर रहेको हुन सक्ने सम्भावना छ ।
मृत मुसाको शरीरको कोषबाट क्लोन तयार गर्न सफलता प्राप्त भएबाट त्यस्तो क्लोन मृत मानिसको पनि तयार गर्न सकिन्छ कि भन्ने विचार अहिले उठ्न थालेको छ । Imagekhabar बाट
Home »
news
» १६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान, लाखौं वर्षअघि लोप भएको जीव पनि जन्मिने सम्भावना
१६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान, लाखौं वर्षअघि लोप भएको जीव पनि जन्मिने सम्भावना
Posted by Unknown
Posted on 2:58 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment