Home » » जहाँ आफ्नै ससुुराले यसरी वेश्या बनाउँछन् बुहारीलाई...

जहाँ आफ्नै ससुुराले यसरी वेश्या बनाउँछन् बुहारीलाई...

एजेन्सी, ३ चैत्र । सासु ससुराका निम्ती छोरी बुहारी घरको इज्जत हुन्छन् नेपाली समुदायमा । समाजमा छोरी बुहारीलाई गलत काम गर्न त गलत ठाउँमा जानबाट पनि रोक लगाईन्छ । तर, भारतको एउटा यस्तो बस्ति छ, जहाँ आफ्नै ससुराले बुहारीलाई वेश्या बनाउँछन् । भारतको प्रेमनगर नामको एक बस्तिमा रीति रिवाजका नाममा वेश्यावृतिको धन्धामा बुहारीलाई लगाउने गरेको समाचार एजेन्सीले जनाएको छ । त्यो समुदायका मानिसहरुले आफ्नी बुहारीलाई यो काम परापूर्व कालदेखि लगाउँदै आएका छन् ।
यो समुदायमा छोरीहरुको विहे पनि १२ देखि १५ वर्षको उमेर चाँडै गरिन्छ । त्यसपछि ससुरालवाला बुहारीलाई हरेक रातमा धन्धामा लगाउँछन् । वेश्यावृतिको धन्धा गर्नुका साथसाथै बुहारीले घरको पुरै कामकाज पनि सम्हाल्नुपर्ने हुन्छ ।
त्याहाँका महिलाहरु आफ्ना पति, सासु ससुर, छोराछोरी र अन्यका लागि रातको खाना बनाइसकेपछि मात्रै ग्राहकलाई सन्तुष्ट पार्न घरबाट निस्कन्छन् र रातभरमा केही पुरुषको यौन प्यास मेटाएर फेरि घरको कामकाजमै खटिन्छन् । अर्काे कुरा त के भने परना समुदायकी कुनै पनि बुहारीले यदि वेश्यावृतिको धन्धा गर्न मानिनन् भने उनलाई चरम यातना दिइन्छ । कैयौ पटक त वेश्यावृति धन्धामा जान नचाहने बुहारीको हत्या समेत गरिएको छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved