Home » » घुस दिनेलाई विदाई, लिनेको जेलको बसाई

घुस दिनेलाई विदाई, लिनेको जेलको बसाई


काठमाडौं, ३ चैत । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको भनाई आजपनि त्यतिकै मार्मिक र सान्र्दभिक छ–‘घुस लिने र दिने राष्ट्रका शत्रु हुन् । दुवैलाई क्षमा नदिनु ।’ कानुनत: अपराधमा संलग्न जो कोहिलाई पनि अपराध अनुसार सजाँय दिनुपर्छ ।
प्रसङग हो–सांसद बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने नटवरलाल पक्राउ प्रकरण । महानगरीय अपराध महाशाखाले सांसद बनाईदिन्छु भन्दै ठगी गर्ने देवेन्द्र कुमार बर्ताैलालाई पक्राउ गर्यो । ठगी गर्ने देवेन्द्रलाई प्रहरीले मुद्दा चलाएपछि अपराध महाशाखाले गर्दै आएको राम्रो काममा अर्को ईंटा थपिएको थियो । समाजमा विभिन्न नकाव लगाएर ठगी गर्ने देवेन्द्र जस्तालाई पक्राउ गरी कानुनी कठघरमा उभ्याईनु पनि पर्छ, अनि मात्र त्यस्ता ठगी गिरोहको मनोबल घट्छ । विगत लामो समयदेखि ठगी गर्दै आएका देवेन्द्रलाई पनि महाशाखाबाट खटिएको प्रहरी टोलीले त्यहि गरेको हो ।
तर, सांसद बनाईदिन्छु भन्दै ठगी गरेको बताउने रक्तचन्दन तस्कर हरिशरण श्रेष्ठलेले पुनरावेदन अदालतमा लगाएको प्रतिउत्तरमा ब्यापार, ब्यवसाय, घर, फ्ल्याट गरिद गर्न भनि २०७० सालमा दश लाख रुपैयाँ दिएको हुँ । जुन लेनदेनको मुद्दा अहिले पनि र देवेन्द्र पक्राउ पर्नुअघिदेखि नै जिल्ला अदालत काठमाडौंमा चलिरहेको थियो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार भन्दै गोरखापत्रको गत फागुन ३ गते प्रकाशित समाचारमा घुस लिने र दिने दुवैलाई पक्राउ गरिएको उल्लेख छ । अदालतमा मुद्दा चलिरहेको अबस्थामा सांसद बन्न घुस दिने हरिशरण श्रेष्ठलाई भने अहिलेसम्म प्रहरीले किन पक्राउ गरेको छैन् ? तर यसअघि महानगरीय प्रहरी परिसरका एसएसपी रमेश खरेलले आफूलाई आफ्नो कार्यकक्षमा घुस दिन आउने एक नेतालाई पक्राउ गरी मुद्दा चलाएको नजिर छ । रक्तचन्दन तस्कर श्रेष्ठले त आफू सांसद बन्न रकम खर्चेका हुन् । यसको मतलब नेपालमा सांसदको किनबेच पैसामा हुन्छ । यो ठूलो विकृति हो । पैसा तिरेर सांसद बन्न खोज्ने कथित काँग्रेसी नेता श्रेष्ठलाई किन पक्राउ गरिएन् ? कि श्रेष्ठले उनलाई गुमराहमा राखेर दुरुपयोग गरेका हुन् ? अनगिन्ति प्रश्न खडा भएको छ । त्यसैगरी, ठगका महाराजा देवेन्द्रकुमार बतौंलाले आफूलाई विभिन्न बहानामा लाखौं रुपैयाँ ठगेको बताउँदै अपराध महाशाखामा जतिपनि जाने पीडित छन्–उनीहरुले लेनदेनका कागजका आधारमा जिल्ला अदालत काठमाडौंमा पक्राउ पर्नुअघि नै मुद्दा हालिसकेका थिए । किन प्रहरीले अदालतको क्षेत्राधिकार मिच्यो ? या प्रहरीले लेनदेनका ब्यक्तिगत मुद्दा हेर्ने अधिकार पाएको हो ?
‘देवानी दायित्वको विषयलाई लिएर निवेदकलाई धरपकड गर्ने, धम्की दिने, पक्राउ गर्ने, कागज गर्ने, गराउने, कार्य नगर्नु–नगराउनु’ भनि पुनरावदेन अदालत पाटनले अन्तरिम आदेश लिएका नटवरलाल देवेन्द्र ठग नै भएपनि प्रहरीले न्यायालयको आदेश उल्लघंन गर्न मिल्दैन् । तर प्रहरीले नटवरलाल देवेन्द्रलाई पक्राउ गरी अदालतमा पेश गरिसकेको छ । नेपाल प्रहरीमा धेरै राम्रो काम गरेबापत सेलिब्रेटी बनेका एसएसपी खनालले न्यायालयको अपमान हुने गरी किन उनलाई पक्राउ गरे ? वा उनलाई गुमराहमा राखिएको हो ? गम्भिर प्रश्न उठेको छ ।
ठगका राजा नटवरलाल देवेन्द्रले आफ्नो ठगी धन्दालाई निरन्तरता दिन गत कार्तिक १६ गते पुनरावेदनमा अन्तरिम आदेशका लागि निवेदन दिएको जिल्ला अदालतमा पेश भएको मिसिलबाट देखिन्छ । निवेदकको माग बमोजिम पुनरावेदन अदालत पाटनले विपक्षीका नाममा धरपकड नगर्नु, नगराउन आदेश दिएको थियो । बतौंला दम्पत्तिबाट पीडित भएका एक दर्जन भन्दा बढी ब्यक्ति तिनै हुन्–जसले नटवरवाल देवेन्द्र पक्राउ पूर्व नै काठमाडौं जिल्ला अदालतमा लेनदेन भएको भन्दै प्रमाणसहित मुद्दा हालेका थिए, जुन अहिले पनि चलिरहेको छ । उता देवेन्द्र पक्राउपछि थुनछेक बहश सुन्ने न्यायाधीश अच्यूत विष्टले शुक्रबार परेको भन्दै सुनवाई आइतबारका लागि सारिदिए । फेरि आइतबारदेखि उनी तालिमका लागि विदामा बसे । उक्त मुद्दा केहिदिन पहिले न्यायाधीश राप्रसाद अधिकारी कहाँ पुग्यो । उनले ठग नटवरलालको ठगी मुद्दा सुनवाई गर्दै ४० लाख धरौंटी माग गरेपछि नटवरलाल देवेन्द्र हाल पुपक्र्षका लागि थुनामा छन् । देवेन्द्रले हरिशरण श्रेष्ठ, चाँदनी श्रेष्ठ, सृजना खड्का, सृजना सिवाकोटी, गृश्मा सिवाकोटी, भिमसेन श्रेष्ठ, हस्तबहादुर श्रेष्ठ, कान्छा श्रेष्ठलगायत दर्जनौंबाट विभिन्न बहानामा रकम ठगेका थिए ।
जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दाको मिसिलमा कतिपयलाई ठग देवेन्द्रले रकम लिएबापत ब्याज पनि तिरेको रसिद, लेनदेन भएको पुष्टि गर्ने कागजात पेश गरेका छन् । श्रीमती सोफिया बतौंला भने श्रीमानको पक्राउसँगै भारततिर भागेकी छिन् । श्रीमान र श्रीमती दुवै मिलेर आफ्नो उच्च पदस्थ व्यक्तिहरू एवं छिमेकी राष्ट्रको उच्च ओहोदामा भएका व्यक्तिहरूसँग राम्रो चिनजान भएको भन्दै रुपैयाँ लिँदै ठग्दै आएका थिए । उनीहरुले सिन्धुपाल्चोक बस्ने भिमसेन श्रेष्ठ, कान्छा श्रेष्ठ, र हस्तबहादुर श्रेष्ठलाई विभिन्न मुलुकमा पठाउने भनि रकम लिएका थिए । काँग्रेस नेता बताउने हरिशरण श्रेष्ठले सुरुमा देवेन्द्रसँग मिलेर काम गरेका थिए । ठगका राजा देवेन्द्र जस्तो नटवरलाल पक्राउ गरी मुद्दा चलाउनु राम्रो भएतापनि पीडितहरुले मुद्दा चलिरहेको, अन्तरिम आदेश लिएको विषयमा एसएसपी खनाललाई नबताई गुमराहमा राखेको देखिन्छ । एसएसपी सा’व आफैं पनि सजक हुने कि ?
दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved