Home » » आइतवारदेखि म्यानपार कम्पनी पूर्ण रुपमा ठप्प हुने

आइतवारदेखि म्यानपार कम्पनी पूर्ण रुपमा ठप्प हुने


प्रहरीले छापा मारेको बिरोधमा उत्रिएका म्यानपावर व्यवसायीहरुले आइतवारदेखि अनिश्चितकालीन रुपमा काम बन्द गर्ने चेतावनी दिएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघले आज एक पत्रकार सम्मेलन गर्दै आइतवारदेखि विदेश पठाउने काम बन्द हुने घोषणा गरेको हो। अन्तिम स्वीकृति पाएका सबै गइसकेको र अब भिसा आएकाहरुको पासपोर्ट नै फिर्ता गरिदिने संघको चेतावनी छ।
विदेश जाने युवाहरुसित मोटो रकम अशुल गरेको र हुण्डी व्यवसायमा समेत सक्रिय रहेको भन्दै प्रहरीले म्यानपावर कम्पनीमा छापा मारेको थियो। पीडितको उजुरीको आधारमा प्रहरीले केही दिनअघि केही म्यानपावर कम्पनीमा छापा मारेको थियो।
सरकारले निशुल्क टिकट तथा भिसाको व्यवस्था गरे पनि व्यवसायीहरुले मोटो रकम अशुल्दै आएका छन् भने खडा गरेका एजेन्टहरु पनि खारेज हुन सकेको छैन। प्रहरीले स्वयम् आफै एजेन्ट बन्नका लागि र विदेश जानका लागि भन्दै म्यानपार कम्पनीमा गई उनीहरुको गतिविधि समेत बुझ्दै आएको थियो। सोही आधारबाट प्रहरीले म्यानपावर कम्पनीमा छापा मारेको हो।सेतोपाटीबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved