Home » » बार्सिलोनाले बनायो ३५ खेलमा अपराजित रेकर्ड

बार्सिलोनाले बनायो ३५ खेलमा अपराजित रेकर्ड


२१ फागुन, काठमाडौं । बार्सिलोनाले २७ वर्ष पुरानो रेकर्ड तोड्दै ३५ खेलमा अपराजित कीर्तिमान बनाएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सिमित रायो भालेकानोलाई ५-१ ले पराजित गर्यो ।
बार्सिलोनाको जितमा लिओनल मेस्सीले हृयाटि्रक गरे । रायो भालेकानोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले राकिटिकको गोलबाट अग्रता लिएको थियो ।
लगतै मेस्सीले गोल गरे । पहिलो हाफको अन्तिमतिर रिओसले रातो कार्ड पाए र घरेलु टोली १० खेलाडीमा सिमित भयो ।
५३ औं मिनेटमा मेस्सीले गोल गरे । ५७ औं मिनेटमा रायो भालेकानोले गोल गर्यो । तर, ६७ औं मिनेटमा इटुराले रातो कार्ड पाएपछि रायो भालेकानो ९ खेलाडीमा सिमित भए ।
लगतै बार्सिलोनाका लुइस स्वरेजले पेनाल्टीमा चुकाए । तर, ७२ औं मिनेटमा मेस्सीले हृयाटि्रक गरे । खेलको ८६ औं मिनेटमा टुरानले गोल गरे र बार्सिलोना ५-१ ले विजयी भएको छ ।
जितसँगै बार्सिलोनाको २७ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको ६१ अंक छ भने रियल मड्रिडको ५७ अंक छ ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved