Home » » बेलायत : जहाँ प्रधानमन्त्रीले भन्दा भिखारीले बढि कमाउँछन्

बेलायत : जहाँ प्रधानमन्त्रीले भन्दा भिखारीले बढि कमाउँछन्


के तपाइँलाई विश्वास लाग्छ कुनै भिखारीको कमाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको भन्दा बढि हुन्छ ? भिखारीले प्रधानमन्त्रीको जत्ति पैसा कमाउने कुरा विश्वास गर्न गाह्रो मात्र होइन असम्भव जस्तै कुरा हो ।
तर यो दुनियामा असम्भव भन्ने त के छैन । बेलायतमा एकजना यस्तो भिखारी छ जसले एक दिनमै ५ सय पाउण्ड अर्थात् ७६ हजार रुपैयाँ भन्दा बढि कमाउँछ ।
सबै प्रकारका खर्च कटाएर यो भिखारीको वाषिर्क बचत दुइ करोड ८ लाख रुपैयाँ हुन्छ । जबकी बेलायती प्रधानमन्त्री क्यामरुनको वाषिर्क कमाइ जम्मा २ करोड २७ लाख छ । कमाइ मात्रको हिसाब गर्नेहो भने त यो भिखारीले क्यामरुनले भन्दा पनि बढि कमाउँदछ । उसको कुल वाषिर्क आम्दानी २ करोड ७५ लाख रुपैयाँ छ ।
बेलायतको विलभरह्याम्पटन सिटी सेन्टर क्षेत्रमा बसेर माग्ने गरेको उक्त भिखारीको नाम भने खुलाइएको छैन । उसले आफुलाई घरबारवीहिन तथा असहाय भनेर भिख माग्दै आएको छ ।
अधिकारीहरुका अनुसार यसरी भिख माग्दै आएको र मोटो कमाइ गर्दै आएको यो भिखारी घरबार वीहिन होइन, यसको थुप्रै सम्पत्ति रहेको छ ।
उक्त भिखारी मात्र होइन अहिले बेलायतमा धेरै धनी मानिसहरु सजिलैसँग पैसा कमाउनका लागि यसरी नै भिखारी बन्ने गरेको र सडकमा बसेर भिख माग्ने गरेको अधिकारीहरुको भनाई छ ।
यस्ता भिखारीहरुसँग राम्रै घरबास तथा सम्पत्ति हुने र यसरी भिख मागेर कमाएको पैसाबाट रक्सी पिउने र मस्ती गर्ने गरेको पाइएको छ । त्यसैले यस्ता भिखारीहरुलाई पैसा दिन छाडेर उनीहरुलाई समातेर एनजिओहरुलाई बुझाउन अधिकारीहरुले आग्रह गरेका छन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved