काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यही चैत ७ गते चीन भ्रमणमा जाँदै छन् । जम्बो टोली लिएर जान लागेको ओलीको दैनिक भ्रमण भत्तामा नै एक करोड खर्च हुने छ । यो खर्च यातायात तथा आवासबाहेकको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक तीन सय, मन्त्रीले दुई सय ५०, सचिवले २ सय र एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् । प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात् एक लाख ५९ हजार रुपैयाँ पाउँछन् । त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार ७ सय ५० डलर अर्थात् नौ लाख २७ हजार पाँच सय रुपैयाँ टिएडिए पाउँनेछन् ।
भ्रमण टोलीमा संलग्न १४ सांसद्ले दैनिक दुई सयका दरले १४ हजार डलर अर्थात् ८४ हजार रुपैयाँ पाउँनेछन् । भ्रमण टोलीमा संलग्न सात सचिवले दैनिक दुई सयका दरले सात हजार डलर अर्थात सात लाख ४२ हजार रुपैयाँ पाउँछन् ।
Ratopati बाट
चीन जाने टोलीको भ्रमण भत्ता करोड
Posted by Unknown
Posted on 7:08 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment