Home » » ‘मेरो धरहरा म बनाउँछु’

‘मेरो धरहरा म बनाउँछु’

दाङ ।
देशप्रेम, राष्ट्रभक्ति
अनि
बीरगाथाले सजिएको
मेरो धरहरा म बनाउँछु ।
स्वतन्त्र, निश्छल
अनि
स्वाभिमानले ठडिएको,
मेरो धरहरा म बनाउँछु ।
करोडौं करोड नेपालीको
आस्थाको केन्द्र बन्ने गरी
नेपाल अनि नेपालीको
विशिष्ठ पहिचान झल्कने गरी
मेरो धरहरा म बनाउँुछ ।
नेपाल सबल छ,
नेपाली सक्षम छन्
पौरखी हातहरु अगाडि बढाउदै
छरिएका, ध्वस्त भएका
संरचनाहरु निर्माण गर्न
म अघि बढ्दैछु ।
किनकि
मलाई मेरो धरहरा आफै बनाउनुछ
कुनै पनि हालतमा निर्माण गर्नुछ ।
खस्किएको मन उठाउन,
जोँश, जाँगर
अनि
परिश्रमि हातहरु फिजाउन
मेरो धरहरा म बनाउँछु ।
समानताको बिगुल फुक्दै
न्यायमूर्ती बनेर
मैले बनाएको धरहरा
खुशी भएकाहरुको सारथी बन्नेछ ।
चौतर्फी प्रगतिपथमा लम्कनका लागि
सबैलाई आत्मविश्वास
बढाउने काम गर्नेछ ।
व्यथित मनहरुलाई
सही मार्ग देखाउनका लागि
मैले बनाएको धरहराले
दत्तचित्त भएर
उर्जाशील गीतहरु सुनाइ रहनेछ ।
लामो प्रतिक्षपछि मुलुकले
नयाँ संविधान पाएको छ ।
नेपालमा जन्मने सबै नेपालीले
अब समान अधिकार पाउनुपर्छ ।
मुलुक आत्मनिर्भर बन्ने बाटोमा
निरन्तर अग्रसर हुनुपर्छ ।
सबै नेपाली आ–आफ्नो क्षेत्रमा
विज्ञ बन्नुपर्छ ।
मैले बनाएको स्वाभिमानी धरहराले,
यी र यस्तै अभियानको नेतृत्व गर्नेछ ।
मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउँदै
समृद्धिको रहर लाग्दो उचाईमा पुग्ने
मार्गहरु प्रशस्त गर्नेछ ।
मुलुक पर्यटनको क्षेत्रमा सबल हुनेछ ।
सबै किसिमका कलकारखानाहरु
स्वदेशी लगानीमा खुल्ने वातावरण बन्नेछ ।
शिक्षा, स्वास्थ्यको क्षेत्र
आम नागरिकको पहुँचमा हुनेछ ।
सबै क्षेत्रमा विज्ञहरु प्रशस्तै हुनेछन् ।
आबिस्कारकहरुले मुलुक ढाकिनेछ ।
खेल क्षेत्र सधैभरी मुलुकको शान
राख्ने गरी अगाडि बढ्नेछ ।
कला, साहित्य, संस्कृतिले
विश्वको नेतृत्व गर्नेछ ।
मैले बनाएको धरहराले सधैभरी
मुलुक निर्माण गर्ने
देशबासीलाई जागरुक बनाउने
स्वाभिमानको झण्डा फहराउने काम गरिरहनेछ ।
समानताको गीत गाइ रहनेछ ।
महिला र पुरुषबीच विभेद हुन दिनेछैन ।
कुनै जातजाति, धर्म संस्कृति बीच मनमुटाव हुनेछनै ।
नेपालको कुनै पनि क्षेत्रले विकट्ता महसुस गर्नेछैन ।
मैले बनाएको धरहरा सधैभरी मालि बनेर
नेपालरुपी सुन्दर फूलबारीमा
बसन्त ल्याउनका लागि खटि रहनेछ ।
म बनाउँछु मेरो धरहरा
स्वाभिमानी धरहरा
बीरगाथाले भरिएको धरहरा ।
धरहराको टुप्पामा बसेर
सधैभरी समानताको गीत गाइनेछ ।
दुरदराजसम्म अवलोकन गरिनेछ ।
सुन्दर प्रकृतिको छटामा लिप्त हाम्रो मुलुक
विश्वसामु चिनाउने काम धरहराले गर्नेछ ।
काठमाडौं र मोफसल चारैतिर नियालिनेछ ।
नेपालका सबै कुनामा समान तरिकाले
विकासका आयामहरु
अगाडि बढे–नबढेको मूल्यांकन गरिनेछ ।
रित्ताथालहरु, उजाड घरहरु
अनि
विकट बस्तीहरुमा
अत्यावश्यक सामग्रीहरु पु¥याउन
भूमिका खेलि रहनेछ ।
मैले बनाएको धरहराले
कसैलाई पनि खान, लगाउन र बस्नबाट
बञ्चित हुन दिनेछैन ।
नयाँ नेपाल, गणतान्त्रिक नेपालको
साधक बन्नका लागि
मेरो धरहराले सधैभरी
सिर्जनशील, सकारात्मक सोंचको
पैरबी गरिरहनेछ ।
मेरो धरहरा, स्वाभिमानी धरहरा
म बनाउँछु,
नेपाल अनि नेपालीको धरहरा
मेरो धरहरा, म बनाउँछु ।
मेरो धरहराले जनताको बोली बोल्नेछ
सिंह दरबारहरुलाई खबरदारी गर्दै
निरंकुश र स्वेच्छाचारी बन्न दिनेछैन ।
मेरो धरहराले
लोककल्णकारी राज्यको वकालत गरिरहनेछ ।
जनतालाई सचेत, कर्तव्यनिष्ठ र जनउत्तरदायी बनाउन
मैले बनाएको धरहराले
सधैभरी भूमिका खेलि रहनेछ ।
त्यसैले त बनाउँदैछु
म स्वाभिमानी धरहरा
देशप्रेम, राष्ट्रभक्तिले भरिएको धरहरा
म बनाउँछु मेरो धरहरा
नेपाल अनि नेपालीको धरहरा
स्वाभिमानी धरहरा
- दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved