Home » » दीपाले पाइनन् ‘लप्पन ६प्पन’, अब ‘६क्का पन्जा’ हुने भयो नाम

दीपाले पाइनन् ‘लप्पन ६प्पन’, अब ‘६क्का पन्जा’ हुने भयो नाम


चलचित्र निर्देशनमा हात हालेकी निर्देशक दीपाश्री निरौलाका लागि पहिलो गासमै सानो ढुंगा लागेको छ । उनले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘लप्पन ६प्पन’ राख्ने भनिएको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकबाटै यसको घोषणा पनि गरेका थिए । तर, चलचित्र विकास बोर्डमा यो नाम दर्ता भैसकेको पाएपछि दीपालाई तनाव भयो । अर्कैले यो नाम राखेपछि दीपाले सोही नाममा चलचित्र बनाउन पाउने भन्ने त कुरै भएन ।
अब, निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले नयाँ नाम जुराएका छन् । चलचित्रको नाम राखिएको छ, ‘६क्का पन्जा’ । हुनत, अर्थका हिसाबले ‘लप्पन ६प्पन’ र ‘६क्का पन्जा’ले उस्तै वुझाए । आफ्नो चलचित्रको नाममा जसरी पनि ६ जोड्न चाहन्छन् दीपा र दीपक । यसैले पनि यसपटक उनीहरुले नाममा ६ जोडेका छन् ।
यो चलचित्रको छायांकन चैत्र ८ गतेबाट सुरु हुने पक्का भैसकेको छ । लामो समयदेखि हाँस्य ब्यङ्ग्य क्षेत्रमा जमिरहेकी दीपाले पहिलो पटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । यसैले पनि उनी उत्साहित देखिएकी छिन् । यो चलचित्रमा सिताराम कट्टेल बाहेक अन्य हाँस्य कलाकार देखिनेछिन्, जो यसअघिका दुई चलचित्र ‘६ एकान ६ र वडा नम्बर ६’मा देखिएका थिए ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved