Home » » ओलीको वर्थ डेमा मोदीले के पठाए 'गिफ्ट'?

ओलीको वर्थ डेमा मोदीले के पठाए 'गिफ्ट'?


फागुन १०
नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीको आज परेको ६५ औं जन्म दिनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईं तथा शुभकामना दिएका छन्।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छा पठाई शुभकामना र बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीेले उनीहरुमार्फत नै प्रधानमन्त्री मोदीलाई धन्यबाद दिएका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
सोमबार नै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतका विदेश मन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिइन्। प्रधानमन्त्री ओलीसँग आजै भारतका उर्जा राज्य मन्त्री पियुष गोयलले शिष्टाचार भेट गरेका छन्।
पहिलोपोस्टबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved