Home » » यौन चलचित्र खेल्दा कलाकारले के के प्रयोग गर्छन्...

यौन चलचित्र खेल्दा कलाकारले के के प्रयोग गर्छन्...


एजेन्सी।अमेरिकी राज्य क्यालिफोर्नियाका अधिकारीहरुले यौन चलचित्रहरुमा खेल्दा कलाकारहरुले अनिवार्य रुपमा अस्थाई साधन कण्डम प्रयोग गर्नु पर्ने नियमलाई खारेज गरिदिएको छ ।
राज्यको पेशागत सुरक्षा विभाग र स्वास्थ्य विभागले यस्तो निर्णय गरेको हो । यो निर्णयले एच आइ भी तथा एड्स रोकथामका लागि कार्य गर्दै आएका निकायहरुलाई बहसका लागि ठुलो विषय बनेको छ ।
एड्स हेल्थकेयर फाउन्डेसन नामक गैर सरकारी संस्थानले बिगत केहि वर्ष देखि विचाराधीन यस विषयको विरुद्ध व्यापक छलफल चलाए पनि गत बिहिबार सम्बन्धित निकायले सो नियमलाई खारेजीमा लगेको हो ।
यता राज्यको यौन चलचित्र उद्योगले भने सो कदमको स्वागत गरेको छ । कण्डमको प्रयोग गरेर खेलिएका चलचित्रहरु हेर्न दर्शकहरुले नरुचाउने र यसले गर्दा आफ्नो करोडौंको लगानी डुब्ने गरेको भन्दै सो निर्णय सहि भएको जनाएका छन् ।
- अनलाइन साझा खबरबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved