काठमाडौं, १० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाक्टर बाबुराम भट्टराई ‘राष्ट्रद्रोही’ भएको गम्भीर आरोप लगाउनुभएको छ ।
एकीकृत माओवादीका अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पूर्वसहकर्मीसमेत रहेका डाक्टर भट्टराईमाथि ‘राष्ट्रद्रोही’को गम्भीर आरोप लगाउनुभएको हो । उहाँले देश नाकाबन्दी जस्तो अप्ठ्यारो अवस्थामा पुगेका बेला भट्टराईले पार्टी छाडेर आफूलाई राष्ट्रद्रोहीको रुपमा दर्ता गराएको बताउनुभयो । नयाँ शक्तिका नाममा बाबुराम शक्तिमा आए देश खतरनाक ठाउँमा पुग्ने उहाँको चेतावनी थियो ।
उहाँले पढ्न सबैले पढ्छन् तर पढेर पनि बुद्धि आर्जन गर्नुपर्नेमा बाबुरामसँग ‘बुद्धि’ नै नभएको टिप्पणी गर्नुभयो ।
दैनिक नेपाल डट कमबाट
Home »
Nepali News
» ‘बुद्धि’ नभएका बाबुराम ‘राष्ट्रद्रोही’ : प्रचण्ड
‘बुद्धि’ नभएका बाबुराम ‘राष्ट्रद्रोही’ : प्रचण्ड
Posted by Unknown
Posted on 3:35 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment