Home » » ‘बोक्सी’ भन्दै श्रीमान र सासू ससुराले मलमुत्र खुवाउन खोजेपछि …

‘बोक्सी’ भन्दै श्रीमान र सासू ससुराले मलमुत्र खुवाउन खोजेपछि …


१० फागुन, बिराटनगर । मोरङको हुक्लाबारीमा एक महिलालाई आफ्नै श्रीमान र सासू ससुराले मानव मलमुत्र खुवाउने प्रयास गरेका छन् ।
प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङ हुक्लाबारी २ का यशोदा डोटल भण्डारीले आफूलाई बोक्सीको आरोपमा शारिरिक तथा मानसिक यातना दिएको र मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
उनको उजुरीका आधारमा प्रहरीले उनकी श्रीमान रोशन भण्डारी सासू ससुरा छत्रबहादुर भण्डारी र रुपा भण्डारी, नन्द मन्दीका भण्डारी र धामी इटहरीकी जानुका कोइरालालाई इलाका प्रहरी कार्यलय रंगेलीको पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको इप्रका रंगेलीका इन्स्पेक्टर अवी रिजालले जानकारी दिए । पीडित यशोदाका अनुसार ६ गते उनलाई बोक्सी प्रमाणित गर्न ससुरा छत्रबहादुरले इटहरीबाट धामी जानुका कोइरालाई झिकाएका थिए ।
घरमा उनीहरुको झगडा भने यशोदा डोटल भण्डारीले श्रीमानसँगै काठमाडौं जान्छु भनेपछि सुरु भएको थियो । परिवारका सदस्यहरुले पनि यो स्वीकार गरेका छन् ।
यशोदाले श्रीमानसँग काठमाडौं जान्छु भनेपछि धामी बोलाएर आफूलाई बोक्सी भनेको र दूव्र्यवहार गरेको प्रहरीलाई बताएकी छन् ।
धामी कोइरालाको मन्त्रको प्रभावमा काम्नुपर्नेमा नकामेको भन्दै परिवारले यशोदालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोजेका थिए । तर, उनी भाग्न सफल भइन् र भोलिपल्ट राष्ट्रिय नारी अधिकारवादी संघको निर्देशिकाको साथमा प्रहरी कहाँ पुगिन् ।
उनको १० महिनाको बच्चा छ । यशोधा डोटल भण्डारी बच्चासहित राष्ट्रिय नारी अधिकारवादी संघको संरक्षणमा छिन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved