Home » » सुत्ने बेला ख्याल गर्नुस्, नत्र लाग्नेछन् यी खतरनाक रोग

सुत्ने बेला ख्याल गर्नुस्, नत्र लाग्नेछन् यी खतरनाक रोग

एजेन्सी । सुत्ने तरिकाबाट हाम्रो व्यक्तित्वका बारेमा त कैयौ कुरा पत्ता लाग्छ । साथै यसको हाम्रो स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध छ ।
अन्तराष्ट्रिय पत्रिका डेलिमेलका अनुसार हाम्रो सुत्ने तरिकाबाट स्वास्थ्यमाथि राम्रो र नराम्रो असर पर्छ ।
यदि बायाँ तर्फबाट सिरानी लिएर सुत्नुहुन्छ भने यसको फाइदा त्यो मानिसलाई मिल्नेछ जसलाई अधिकांश समय छातिमा जलन हुन्छ । जब यी मानिसहरु बायाँ तर्फबाट सिरानी लिएर सुत्छन् तब शरीर सिधा हुन्छ जसले पेटबाट लिक हुने एसिड कम लिक हुन्छ । जो छातिमा जलन पैदा गर्नका लागि जिम्मेवार छ ।
तर, यसका केही बेफाइदा पनि छन् । टर्कीको एक विश्वविद्यालयमा गरिएको सोधमा पत्ता लागेको छ कि जो मानिस बायातर्फ सिरानी लगाएर सुत्छन् उनीहरुले डराउने खालको सपना धेरै देख्छन् ।
अर्काे भनेको पिठ्युलाई बल दिएर सुत्नेहरुको पनि स्वास्थ्यसँग जोडिएका केही फाइदा त केही बेफाइदा छन् । जस्तै यदि कम्मरमा दुखाई छ भने पिठ्युलाई बल, टाउको र घुडाको तल डिसनाको सहारा लिएर सुत्दा आराम मिल्छ । यसका लागि मासंपेशीको हड्डी सिधा राखेर सुत्नुपर्छ ।
कस्मेटिक सर्जन डा गोजेस एनसन भन्छन्– पिठ्युलाई बल दिएर सुत्दा अनुहार पनि सुन्दर रहन्छ । किनकि यस्तोमा अनुहार घण्टौंसम्म दाबिदैन र दाग देखिदैन् । जबकी अनुहार घोप्टो पारेर सुत्दा पसिना आउछ जसले अनुहारको चमकलाई बन्द गरिदिन्छ ।
यसको नोक्सान कैयौ सोधमा यो भनिएको छ कि पिठ्युको बलमा सुत्दा खटिरा ज्यादा आउँछ । यस्तोमा कैयौपटक यस्तो स्थिती पनि आउँछ कि १० सेकेण्डका लागि साँस लिन पाउँदैन् जसबाट उक्त रक्तचाप, डायबटीज, तनाव जस्ता रोग लाग्न सक्छ ।
अर्काे भनेको भ्रुणको जस्तो आकारमा सुत्ने तरिका पनि फाइदाजनक छ । किनकि यस्तोमा तपाई रातमा कहिले पनि आरामसँग सिरानी बदल्न सक्नुहुन्छ । मासंपेशीमा बल पर्दैन् । यसरी सुत्ने मासिन विहानै उठेर फूर्तिलो महसुस गर्छ ।
यसको बेफाइदा भनेको यदि घाटीमा दुख्छ भने यसरी सुत्दा झन बढ्न सक्छ । यसकारण यदि घाटीको तल सिरानी राखेर सुत्नुभयो भने घाटी र मासंपेशी सिधा रहन्छ ।
अर्काे भनेको दायाँतर्फ सिरानी लगाएर सुत्दा उक्त रक्तचापको समस्या कम हुँदैजान्छ । किनकि यसका कारण मन (जो बायातर्फ हुन्छ)लाई छातिमा बढी ठाउँ पाउँछ । ब्लड प्रेशर पनि ठिक्क बनाउँछ । र मुटुको रोग पनि लाग्दैन् ।
तर, गर्भवती महिलाका लागि यो तरिका एकदमै खतरनाक छ । दायाँ तर्फ सुत्दा जन्म हुने बेला मृत बच्चा जन्मिने सम्भावना बढी हुन्छ । यस्तो कुरा न्यूजिल्याण्डमा गरिएको एक सोधमा पत्ता लागेको थियो । कारण यो हुन्छ कि बच्चासम्म रगत सही मात्रामा पुगेको हुँदैन् ।
अर्काे भनेको् घोप्टो परेर सुत्नु अर्थात पेटलाई बल गरेर सुत्ने तरिकालाई वैज्ञानिकले सबैभन्दा आरामदायक बनेका छन् । यसको फाइदा भनेको पाचन प्रणालीलाई नियमित बनाउने अर्थात सही ठाउँमा राख्ने । हान्ग कान्गको एक विश्वविद्यालयका विशेषज्ञ भन्छन् यो तरिकाको सुताईबाट राम्रो सपना आउँछ ।
यसको बेफाइदा भनेको एकतर्फी रुपमा कैयौ घण्टासम्म टाउको घुमाएर सुत्दा गघाटीको मांसपेशी अड्किन थाल्छ । यसले टाउको दुख्छ । काध गल्न थाल्छ र दुखाई महसुस हुन्छ । यदि कम्मरमा दुःखाई छ भने यसबाट झन बढी हुनसक्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved