Home » » आफू मरेर अरुलाई बचाउने पाइलटले विमान खस्दा के भनेका थिए ?

आफू मरेर अरुलाई बचाउने पाइलटले विमान खस्दा के भनेका थिए ?

विमान उडाउने पाइलट न्यौपाने र राना
कालिकोट, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेले अन्तिमपटक यात्रुसँग गरेको सम्वाद सार्वजनिक भएको छ ।
विमान दुर्घटनामा बाँचेका एक यात्रुले सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्यान गुमाएका पाइलट न्यौपानेले बोलेको अन्तिम सम्वाद सार्वजनिक गरेका हुन् ।
विमान दुर्घटनामा घाइते भएका यात्रु मेघराज गिरीले पाइलट न्यौपानेको विमान खस्दाको अन्तिम सम्वाद यसरी सुनाएः
विमानमा खराबी आएको थाहा पाएपछि आकस्मिक अवतरणको प्रयास गर्दै पाइलटले नआत्तिन यात्रुलाई आग्रह गरेका थिए । उनीहरुले पटकपटक आफूहरु मरेर भएपनि तपाइँहरुको ज्यान जोगाउँछौ भनेका थिए । नभन्दै विमान खेतमा ठोक्कियो । अघिल्लो भाग ठोक्किएर कुच्चियो । हामी झ्यालबाट बाहिर निस्कियौं । तर, त्यसपछि पाइलट न्यौपानेबारे केही थाहा पाएनौं । मान्मा लेक नजिकै पुग्दा नै विमानमा खराबी आएको महसुस भएको थियो । उडिरहेका बेला विमानको पंखा नचलेपछि चालकले आकस्मिक अवतरणको प्रयास गरेका थिए । एक्कासी ठूलो आवाज आयो र पंखा बन्द भयो । अकस्मात विमानमा खराबी आएको थाहा पाएर हामी आत्तिदा पाइलटहरुले जसरी पनि अवतरण गराउछौँ भनेर नआत्तिन भनेका थिए ।
घटनाका प्रत्यक्षदर्शी नन्द कटुवालले एकजना चालकको ज्यान गइसकेको र अर्का पाइलटको प्राथमिक उपचार गर्दै गर्दा ज्यान गएको आफूले देखेको बताए । घाइते अवस्थामा रहेका पाइलटले उपचार गर्न पटकपटक आग्रह गरेको पनि उनी सम्झिन्छन् ।
दुर्घटनामा पाइलटसँगै को पाइलट सन्तोष रानाको पनि मृत्यु भइसकेको छ । कालिकोटको चिल्खायामा दुर्घटना भएको विमानका दुवै चालकले आफ्नो ज्यान दिएर यात्रुको ज्यान बचाएका हुन् ।
विमान तुलराम खत्रीको घर अगाडी शुक्रबार विहान दुर्घटना भएको प्रहरीले जनाएको छ । विमानमा ११ जना सवार थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved