Home » » इन्धनको कोटा प्रणाली खारेज, आजदेखि सबै पम्पबाट चाहिएजति तेल पाइने

इन्धनको कोटा प्रणाली खारेज, आजदेखि सबै पम्पबाट चाहिएजति तेल पाइने

काठमाडौं, १० फागुन । भारतीय नाकाबन्दीको समयमा लागू गरिएको इन्धन कोटा प्रणाली सोमबारदेखि खारेज गरिएको छ ।
नाकाबन्दी हटेसँगै आपूर्तिमा सहज भएपछि नेपाल आयल निगमले इन्धनको अभावका बेला बाँडिने पेट्रोलको परिमाणमा लागू गरेको प्रणाली सोमबारदेखि पूर्णरुपमा खारेज गरेको हो ।
यसअघि निगमले निजी कार–जीपले एकपटकमा १५ लिटर र दुई पांग्रेले ५ लिटर पेट्रोल पाउने व्यवस्था गरेको थियो । यो कोटा प्रणालीलाई आजदेखि खारेज गरिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
उनका अनुसार अब आवश्यकता अनुसार पेट्रोल पाउन सकिने छ । अब चाँहेजति इन्धन भर्न सकिने र लाइनमा समेत बस्न नपर्ने निगमले जनाएको छ । यसैगरी निगमले आजैदेखि उपभोक्तालाई पूरा सिलिण्डर ग्यास भरेर उपलब्ध गराउने गरी उद्योगीहरुलाई अनुमति दिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved