Home » » रामचन्द्रको दैलोमा पुगेर सुजाताले यो कस्तो वितण्डा मच्चाइन् ?

रामचन्द्रको दैलोमा पुगेर सुजाताले यो कस्तो वितण्डा मच्चाइन् ?

काठमाडौं, ८ फागुन । नजिकिदै गरेको १३ औं महाधिवशेनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा सभापति पदका लागि मारामार भएको छ ।
जसमा कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउावले दाबी गरेका छन् । यसबाहेक संस्थापन पक्षबाट महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सुजाता कोइराला, संस्थापन पक्षवाट सभापतिका लागि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र शंशाक कोइरालाले सभापतिमा कम्मर कसिसकेका छन् ।
यिनीहरुले कम्मर कसेका बेला देउवा र पौडेलले अनौपचारिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आफूलाई संस्थापन पक्षका उम्मेदवार भन्ने पौडेलले विहीबार पत्रकार सम्मेलन गरी अनौपचारिक उम्मेदवारी घोषणा गरेकोप्रति सभापतिको उम्मेदवार बन्ने कसरतमा रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाले भने आपत्ति जनाएकी छन् ।
सुजाता शुक्रबार पौडेलको दैलो (निवास) वोहोराटार पुगेर ‘संस्थापन पक्षको सभापति मै हुँ’ भन्दै उम्मेदवारी घोषणा गर्ने अधिकार कसले दियो तपाईलाई ? भन्दै विचण्डा मच्चाइन् । संस्थापन पक्षले फागुन १० गतेपछि उम्मेदवारी तय गर्ने तयारी गरिरहँदा पौडेलले एकाएक उम्मेदवारी घोषणा गरेपछि सुजाता आक्रोशित भएकी हुन् ।
संस्थापन पक्षको उम्मेदवार को हुने टुङ्गो नलाग्दै पौडेलको हतारो घोषणाप्रति सुजता जंगिदै बोहोराटार पुगेकी हुन् । तर, संस्थापन पक्षको आधिकारीक नेतृत्व कस्ले गर्ने भन्ने वारेमा कुनै टुङ्गो लाग्न सकेको छैन् ।
लामो समयपछि देशको प्रमुख एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ महाधिवेशन यही फागुन २० देखि २३ सम्म राजधानीमा हुँदैछ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved