कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ की
२८ वर्षीय सरिता लुहारलाई एक प्रहरी जवानले
रक्तदान गरेर नयाँ जीवन दिएका छन् ।
महाकाली अञ्चल अस्पतालमा बुधबार तीन
महिनाको भ्रुण शिशु खसेपछि लुहारको अत्यधिक
रक्तश्रावका कारण अवस्था चिन्ताजनक भएको
थियो ।
‘ओ पोजेटिभ’ रगत नपाएपछि चिन्ताजनक अवस्थामा
रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा
कार्यरत प्रहरी जवान राजाराम डगौराले एक प्रिन्ट
रगत दान गरेका हुन् । समयमै प्रहरी जवान डगौराले
रक्तदान गरेका कारण ती महिलाको ज्यान
जोगिएको उपचारमा संलग्न चिकित्सकले बताएका
छन् । अहिले उनको अवस्था सामान्य रहेको छ । रासस
Home »
Nepali News
» रक्तदान गर्दै महिलाको
ज्यान बचाए एक प्रहरीले
रक्तदान गर्दै महिलाको ज्यान बचाए एक प्रहरीले
Posted by Unknown
Posted on 9:23 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment