Home » » मधेस आन्दोलनका घाइतेलाई सरकारले दिएन उपचार खर्च

मधेस आन्दोलनका घाइतेलाई सरकारले दिएन उपचार खर्च


सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसी
मोर्चाका कार्यकर्ताको उपचा खर्च ब्यहोर्ने
निर्णय गरेपनि अहिलेसम्म रकम दिएको छैन। नयाँ
पत्रिका दैनिकमा समाचार छ।
माेर्चाले घाइते २६ जनाको उपचार खर्च विवरण १०
कात्तिकमा गृहमन्त्रालयमा पठाएको थियो। तर
अहिलेसम्म कुनै जानकारी नआएको घाइते उपचार
समितिका सदस्य सचिव रवीन्द्र चौधरीले बताए।
चौधरीका अनुसार अहिलेसम्म सरकारले ४५ हजार पाँच
सय २७ मात्रै सहयोग गरेको छ।
आन्दोलनमा घाइते कार्यकर्तालाई काठमाडौंमा
उपचार गराउँदा करिब ५० लाख रुपैयाँ खर्च भइसकेको
आन्दोलनकारीले बताएका छन्। त्यसको विवरण गृह
मन्त्रालयमा समेत पुगेको छ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved