Home » » लौ न के-के देख्नु पर्यो भट्टराईको नयाँ शक्तिमा !

लौ न के-के देख्नु पर्यो भट्टराईको नयाँ शक्तिमा !

काठमाडौँ – नयाँ शक्तिको नाममा गैर
माक्र्सवादी र पुँजीवादलाई प्रेरित गर्ने दल बनाउने
अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई
साथ दिँदै आएकैहरुको बीचमा देखिएको अस्वस्थ
प्रतिस्पर्धाका कारण थप समस्या पैदा भएको छ ।
एमाओवादीमा नै रहेका केही नेता तथा कार्यकर्ता
तानेर नयाँ शक्तिको नाममा भजन मण्डली खडा
गरेका डा. भट्टराई हरेक मोर्चामा असफल हुँदै गएका
छन् । मोहनविक्रम सिंहले जिल्ला समितिभन्दा
माथि लान नहुने वचन त्यसै दिएका होइन रहेछन् ।
आजकलको उनको गतिविधि देख्दा त्यस्तै देखिन्छ ।
आफैंले खाएको थालमा थुक्ने र प्वाल पार्ने काममा
उनी उद्यत रहेको भन्दै नयाँ शक्तिमा नै लाग्ने भनेर
तयारी गरिरहेका समेत पुनः पूर्व घरमा नै फर्किएका
छन् ।
सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा
राजनीतिक शक्ति बन्न नसक्ने र त्यो केवल नक्कली र
बनावटी हुन्छ भन्ने समेत थाहा नपाएका भट्टराई आफ्नै
कारणले त समस्या परेका छन् नै त्योभन्दा बढी
समस्या उनकै आफ्ना र नजिकका भनिएकाबाट परेको
छ । हिसिला यमीले खाडी भ्रमणमा देखाएको
प्रवृत्ति र संगठन विभाग प्रमुख बनाइएका देवेन्द्र
पौडेलका कारण भट्टराई समस्यामा परेका छन् । नयाँ
शक्तिका खम्बा भन्दै आफूलाई प्रचार गराएर हिँडेका
जनक शाह, खिमलाल देवकोटा र मुक्ति प्रधानबीच
मारामार देखिएको छ । शाह, देवकोटा र प्रधानबीच
तँ ठूलो कि म ठूलो भन्ने विवाद बढ्दै गएको छ । प्रधान
सो दौडमा अलिक पछाडि भएपनि शाह र देवकोटाले
भने एकले अर्कोलाई स्वीकार नगर्ने र एकले अर्कोलाई
नटेर्ने स्थिति पैदा भएको छ । उनीहरुले पालैपालो
डा. भट्टराईलाई पोल लगाउने गरेका छन् । जनक शाह
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । काम
भन्दा कुराको भारी भन्दै एमाओवादीकै
कार्यकर्ताले उनको आलोचना गर्ने गरेका थिए ।
देवकोटा वुद्धिजीवी संगठनको अध्यक्ष भएको भए
पनि वुद्धिजीवीको क्षेत्रमा वरको सिन्को पर
नसारेको बताइन्छ । जनयुद्धकालमा पनि राम्रोसँग
काम नगरेको आरोप उनीमाथि लागेको थियो । पूर्व
महान्यायाधिवक्ता प्रधान कोही कसैलाई टेर पुच्छर
लगाउँदैनन् । डा. भट्टराईले आफूलाई नगनेको र
देवकोटाको मात्रै कुरा सुनेको भन्दै शाह आफूले
एमाओवादी नछाडेको भन्दै लाजिम्पाट समेत पुगेका
थिए । राष्ट्रिय योजना आयोगको सदस्य पाइन्छ
कि भन्दै ¥याल काढेका थिए । तर, त्यो पद पनि
नपाएपछि शाह ‘अब के गर्ने लौन’ भन्दै कहिले सानेपा
र कहिले लाजिम्पाट दौडेर बसिरहेका छन् ।
देवकोटालाई भने डा.भट्टराईले धाप दिएका कारण
‘नयाँ शक्ति नै सबै हो’ भन्दै अनलाइनतिर लेख लेखेर बस्न
थालेका छन् । प्रधानको लाइन भने हालसम्म पनि खुल्न
सकेको छैन । आजको जनआह्वान साप्ताहिकमा खबर छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved