Home » » कारागारबाट भागेका कैदी अर्काकी श्रीमती लैजाँदा पक्राउ

कारागारबाट भागेका कैदी अर्काकी श्रीमती लैजाँदा पक्राउ

विराटनगर । व्यक्ति हत्यामा संलग्न भएको
अभियोगमा कैद सजाय भुक्तान गरिरहेका बेला
जिल्ला कारागार दोलखाबाट ११ वर्ष अघि फरार
भएका एक व्यक्ति अर्काकी श्रीमती लगोको
घटनामा पक्राउ परेका छन् ।
दोखलाको बाबरे गाविस ५ का ४० वर्षका
विष्णुकुमार पाण्डेलाई बुधबार पाँचथरको यासोक
गाविस ३ बाट पक्राउ गरेर शुक्रबार मोरङको पथरी
ल्याइएको अन्नपूर्ण पोस्टमा खबर छ ।
कर्तव्य ज्यान मुद्दामा अदालतले गरेको फैसला अनुसार
कैद सजाय भुक्तान गरिरहेका उनी तकालीन
माओवादीले कारागारमा आक्रमण गरेको मौका
छापेर ११ वर्ष अघि भागेका थिए ।
मोरङ पथरी सात बाट एक वर्षअघि अर्कैकी श्रीमती
लिएर भागेको विषयमा जाहेरी परेपछि उनलाई
प्रहरीले खोजी गरिरहेको थियो । आफ्नी श्रीमती
पाण्डेले लगेको र सबै सम्पत्ति श्रीमतीकै नाममा रहेका
कारण आफू समस्यामा परेको भन्दै प्रहरीमा पीडित
युवाले जाहेरी दिएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved